
देशसञ्चार
नेपाल होस् या भारत कोरोना संक्रमितको संख्या उकालो लाग्दैछ। कोरोना कारण धेरैको जनजीवन कष्टकर बन्दै गएको सुन्दा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ सुकुम्बासी टोलका १७ वर्षीय रमेश नेपाली थप विचलित हुन्छन्।
पाँच वर्षदेखि भारतको गुजरातमा मजदुरी गरिरहेका र कोरोनाकै कारण तीनमहिना अघि स्वदेश फर्कन बाध्य रमेशलाई अब त्यसतर्फको यात्रा गर्न पटक्कै मन छैन। त्यति बेलामा भेट्दा रमेशमा देखिएको उत्साह अहिले हराएको छ। त्यतिबेला उनले भनेका थिए, ‘अब भारत गइँदैन। आफ्नै ठाउँमा केही राम्रो काम गर्ने हो। सरकारले पनि हातमा सिप हुनेलाई रोजगारी दिने भनेको छ।’ तर यो बीचमा यहाँ रमेशले त्यस्तो कुनै अवसर पाएनन्। बरु निराशा मात्रै बढ्दै गयो।
लकडाउनका बेला ‘मरेपनि आफ्नै थातथलोमा मर्ने’ भन्दै कोही नदीमा हेलिँदै फर्किए । कोही सयौँ किलोमिटरको दूरी पैदल नै पार गरेर आए। कोही गाडीमा कोच्चिएर आए।
उनीहरुमध्ये कयौँ कोरोना संक्रमण बोकेर आउन बाध्य भए। त्यही भएर पनि रमेश घर फिर्दा भोगेको कष्ट सम्झन चाहन्नन् । तर घर फर्केयताको तीन महिनाले उनलाई धेरै कुराको अनुभव गरायो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया