के राष्ट्रपतिको रूपमा ट्रम्पको शाषनकाल समाप्त हुनेछ?

अमेरिकाको सर्वोच्च अदालतकी न्यायाधीस रुथ वादेर गिन्सवर्गको निधनपछि राजनीतिक विश्लेषक डेभिड फ्रेन्चले लेखे,‘जिन्दगीमा यति ठूलो असुरक्षा कहिल्यै महसुस भएको थिएन। गिन्सवर्गलाई राजनीतिक दाउपेचमा राखेर हेर्न सकिन्न। दुर्भाग्य आज यही भइरहेको छ।’

विस्कान्सिनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले यही साता मतदानलाई प्रभावित पार्ने प्रयास गरें। उनीहरूले ट्रम्पका लागि ‘थप ४ वर्ष’ भन्दै नाराबाजी गरें। नाराबाजी गर्ने व्यक्ति असमाजिक तत्व होइनन्। तर, यस्ता कार्यले समाजमा डरको वातावरण तयार भइरहेको छ। 

अहिले जुन राज्यको मत निर्णायक हुन सक्छ, त्यो शहरमा हजारौंको संख्यामा ट्रम्पका समर्थक उपस्थित हुने अभियानमा छन्। र, यस्तो योजना पनि बनिरहेको छ। राष्ट्रपति ट्रम्प पनि यो योजनालाई पछाडिबाट सहयोग गरिरहेका छन्। गत महिना मात्र उनले भनेका थिए, ‘हामी मतदानलाई नजिकबाट हेरिरहेका छौं। हामी जहाँ जान्छौं, त्यहाँ हाम्रो उपस्थिति हुनुपर्छ।’ 

यसको शाब्दिक अर्थ हो, ट्रम्पका समर्थकहरू चुनावी अभियानका लागि जहाँ पुग्छन्, त्यहाँ पनि भोट गर्नु जायज हो। स्वयम ट्रम्पले आफ्ना समर्थकलाई भनिसकेका छन्, मतदान दुई पल्ट गर्नुहोस्। 

ट्रम्पको यो भनाई गैरकानुनी हो। उनको भनाईले प्रजातान्त्रिक मूल्य–मान्यतालाई नै ठेस पुर्याएको छ। यसले प्रश्न पनि उठाएको छ, वास्तवमा के यही लोकतन्त्र हो। अमेरिकामा अहिले कानुनको पालना भइरहेको छैन?

गिन्सवर्गको निधनपछि राष्ट्रपतिले एमी कोने बेरेटलाई पद्स्थापन गरेका छन्। एमी कट्टर क्याथोलिक हुन् र उनको विचार रिपब्लिकन्सहरूको गर्भपतनसम्बन्धि कानुनसँग मेल खान्छ। यसैले एमीको नियुक्तिलाई लिएर प्रश्न उठ्नु छ। किनभने चुनावको दिन पनि नजिकिँदै छ। 

बुधबार मात्र ट्रम्पले भनेका थिए, ‘म शान्तिपूर्ण ढंगले सत्ता नयाँ सरकारलाई सुम्पिने कसम खान सक्दिन।’ 

उनको यो बयान वास्तवमै अमेरिकी जनतालाई अचम्मित पार्ने खालको थियो। तर, यसको मतलब यो पनि होइन कि उनी गलत कुरा गरिरहेका थिए। यसको कारण छ। ट्रम्प ‘मेल इन ब्यालेट्स’ र मतदानमा धाँधली हुने कुरामा आशंका व्यक्त गरिरहेका छन्। उनी भनिरहेका छन्, ‘सत्ता सुम्पिने अवस्था नआउन सक्छ। यही सरकारको निरन्तरता हुनसक्छ।’

मेरो विचारमा अमेरिका संकटमा छ। रिपब्लिकन्सहरू व्यग्रसँग फेरि सत्ता कब्जा गर्ने अभियानमा लागेका छन्। यसका लागि न्यायाधीस गिन्सवर्गको निधनपछि एक साताको अवधिलाई हेरेपुग्छ। सबैलाई लागेको थियो, केही रिपब्लिकन सिनेटर (सांसद) हरूले आवाज उठाउँलान। उनीहरूले संविधानलाई ध्यानमा राखेर चुनाव नहुँदासम्म न्यायाधीस नियुक्तिलाई स्थगीत गरौं। अति भयो, अब यो बन्द हुनुपर्छ भनेर बोललान् भन्ने लागेको थियो। तर, कसैले चुइँक्कसम्म बोलेनन्। 

रिपब्लिकन पार्टीका एक समर्थकले भनेका छन्, ‘यो सबै मौकाको फाइदा उठाउन फैलाइएको भ्रम हो। गिन्सवर्गको मुद्धामा जसले रिपब्लिकन्सको विरोध गरिरहेका छन्। उनीहरू सत्तामा भएको भए पनि यही गर्थे।’

विश्वको सबैभन्दा बलियो र धनी देश अमेरिका पछिल्लो समय कमजोर भएको छ। कोरोनाका कारण देशमा दुई लाख मानिसको ज्यान गयो। कोरोनामा हामी विश्व गुरु बन्यौं। 

एटलान्टिक पत्रिका लेख्छ– ‘ट्रम्प भन्छन्, सत्ताको निरन्तरता हुनेछ।’ राष्ट्रपतिको यो भनाईको यसरी पनि आकंलन गर्न सकिन्छ, चुनाव कसरी हुँदैछ भनेर। यसले कुनै मतलब राख्दैन, अमेरिका जनता के सोच्दै छन्। 

चुनावी कानुनका विधार्थी तथा विश्लेषक पनि यतिबेला सोचमग्न होलान, निकट भविस्यमा संवैधानिक संकट निम्तिने खतरा छ। हामी सुरक्षित छैनौं। न्युयोर्कर पत्रिकामा जेफ्री टोबिनले लेखेका छन्, ‘चुनावमा हिंसा हुन सक्छ। दुबै पार्टीका समर्थकबीच झड्पको मनोविज्ञानलाई हेर्दा पनि होइन भन्ने स्थिति छैन।’

क्यालिफोर्निया विश्वविधालयअन्तर्गत इरविन स्कुलमा कानुनी विभागका प्रोफेसर रिचर्ड हेसनको विश्लेषण यस विषयमा निकै सटिक लाग्छ। उनी भन्छन्, ‘मेरो पुरै जीवनमा मैले अमेरिकी लोकतन्त्रको विषयमा यति धेरै चिन्ता गरेको थिइन। जति आज गरिरहेको छु।’

उनी सत्य कुरा गरिरहेका छन्। धेरै गुट–उपगुटको विचारधारा यतिबेला अमेरिकी राजनीतिमा हावी बन्दै गइरहेको छ। विचारा एक्लो मान्छे पागल हुने अवस्थामा छ। अमेरिकामा राष्ट्रपति तानाशाह बन्न सक्दैनन्। 

तर, यो पनि साँचो हो, ट्रम्प अमेरिकालाई दुईवटा भागमा विभाजन गरेर हेरिरहेका छन्– डेमोक्र्याट प्रभावित क्षेत्रलाई ब्लु राज्य र रिपब्लिकनहरूको प्रभाव क्षेत्रलाई रेड राज्य। 

यदी जो वाइडेन चुनाव जितेर अमेरिकी सत्तामा पुनस्र्थापित हुन्छन् भने यसको मतलब यो हुनुहुदैन, उनले रिपब्लिकनलाई दुःख दिन सुरु गरुन। उनले अमेरिकी गौरवलाई फर्काउने काममा मिहिनेत गर्नुपर्छ। अब हामीले यस्तो कुरालाई सधैंको लागि समाप्त गर्नु जरुरी छ, जसले सबैलाई गिजलेको छ।  

प्रकाशित मिति: : 2020-09-28 08:19:00

प्रतिकृया दिनुहोस्