
बिएल संवाददाता
बझाङको मष्टा गाउँपालिका–२ की १२ बर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या घटनामा राजेन्द्र बोहोराबाहेक अन्य व्यक्तिहरु संलग्न भएको तथ्य फेला नपरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले १८ बर्षीय बोहोराविरुद्ध थुप्रै प्रमाण भएको र यो घटनामा अहिलेसम्म अन्य व्यक्तिको संलग्नता नदेखिएको बताए। उनले नियन्त्रणमा लिइएका बोहोराबिरुद्ध बलियो प्रमाण फेला पारेकाले बालिका बलात्कारपछि हत्या उनलेनै गरेको निष्कर्षमा पुगेको जानकारी दिए।
खिकाली गाउँकी एक अर्की १४ बर्षीया बालिकालाई बलात्कार गरेको घटना मिलापत्र गर्नेहरुलाई मतियारका रुपमा कारवाही प्रक्रिया अगाडी बढाउने उनले बताए। ‘यो घटनाबारे छानविन हुदैछ,’ डिएसपी खड्काले भने,–‘मिलापत्र गराउने बालिकाकै दाईले आइतवार जाहरी दिएका छन, मिलापत्र गर्ने अन्य व्यक्तिमाथि पनि छानविन भईरहेको छ।’
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया