मङ्गलबार, २९ जुलाई २०२५

सामान लिलामीमा राखेर धमाधम बन्द हुँदै होस्टलहरू

News Image
• • •

कोहलपुरका मनोज केसीले दुई वर्षअगाडि होस्टल व्यवसायमा गर्ने विचार गरे। लगत्तै ललितपुरको मानभवनमा ३० जना क्षमताको 'एमएन ब्वाइज होस्टल' सञ्चालनमा ल्याए। 

व्यवसाय ठिकै चल्दै थियो। २०–२५ जना विद्यार्थी कहिल्यै टुट्थेन। तर कोरोना लकडाउनपछि भने उनको व्यवसाय लथालिंग भयो। लकडाउनकै कारण विद्यार्थी सबै घर गए। अहिले अब न विद्यार्थी आए, न पैसा।

'विद्यार्थी सबै घर फर्किए। धेरैसँग पैसा लिन पनि पाएको छैन। कतिपयले त हामी फर्किंदैनौं, मेरो सामान तपाईं नै राख्नुस् भनेका छन्,' उनले सेतोपाटीसँग गुनासो पोखे, 'अब विद्यार्थीले लकडाउनपछिको पैसा दिँदैनन्। आफूले घरभाडा महिनाकै १ लाख तिर्नु परेको छ।'

लकडाउन खुले पनि विद्यार्थी नहुँदा उनले घरभाडा तिर्न सकेका छैनन्। त्यसैले भाडा तिर्नकै लागि होस्टलका खाट, दराज अहिले बिक्रीमा राखेका छन्। अझै केही महिना विद्यार्थी नआउने र सोझै घाटा बेहोर्नुपर्ने देखेर व्यवसाय नै छोड्न लागेको उनले बताए।

मंगलबार, आश्विन १३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)