
जुना श्रेष्ठ
चिसो बतास चलिरहेको बिहान थियो।
त्यो बिहान गायक शाश्वत खड्का कलेज जाँदा, आउँदा बतासको स्पर्शले लठ्ठिए। रूखका पात हल्लाउने बिहानी हावाको झोंकाले उनको मन पनि पात झैं झुल्न थाल्यो।
वरिपरिका हल्का चिजवस्तु उडेको देखेर बतासको बहावसँगै उनको मन उड्न थाल्यो।
यो दुई वर्षअघिको कुरा हो। त्यसबेला उनी प्लस-टुका विद्यार्थी थिए।
हाल सामाजिक सञ्जालमा चर्चा कमाइरहेको 'बतास' गीत शाश्वतले यस्तै मौसममा फुराएका हुन्।
उनकै शब्द, स्वर र संगीतमा तयार भएको बतासबारे शाश्वत भन्छन्, 'त्यो बतास निकै शितल थियो। बताससँगै गुन्गुनाउन थालेँ। घर पुग्नेबित्तिकै कापीमा मनको भाव उतारेँ।'
गीतको पहिलो हरफ त्यही बेला तयार भयो। त्यसपछिका शब्द थप्न भने उनलाई केही समय लाग्यो। शाश्वत 'बतास' लाई धुनमा ढालेर गीत बनाउन चाहन्थे। यसका लागि कथाको 'प्लट' बुन्न थाले।
एउटा लजालु केटा छ। ऊ एउटी केटीलाई मन पराउँछ तर भन्न सक्दैन। केटाले मनमनै सोच्न थाल्छ- संसारको सबै जनालाई हावाले उडाएर लगोस् अनि यो संसारमा ती केटी र म मात्र बाँकी रहूँ।
कथा बन्यो।
दुई वर्षअघि शब्द र 'कन्सेप्ट' तयार गरेको बतासलाई शास्वतले संगीत र स्वर भरेर केही महिनाअघि रेकर्ड गर्ने निर्णय गरे।
त्यसबेला उनी भारतमा थिए। प्लस टुपछि कृषि पढ्ने सोचले उनी भारतको शारदा विश्वविद्यालय पुगेका थिए। हाल फुड इन्जिनियरिङ गर्दैछन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया