लिभरपुलका मिडफिल्डर थियागोलाई कोरोना संक्रमण

इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर थियागो अल्कान्टारालाई कोरोना भाइरसको संक्रमण भएको छ।

२९ वर्षीय मिडफिल्डर यहि सिजन जर्मन क्लब वायर्न म्युनिखबाट लिभरपुलमा आबद्ध भएका थिए। उनले चेल्सीविरुद्ध २-० ले जित हात पारेको खेलमा लिभरपुलका लागि डेब्यू गरेका थिए। 

कोरोना भाइरसको टेस्ट गर्दा पोजेटिभ नतिजा आएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।

लिभरपुलले थियागोलाई कोरोनाको सामान्य लक्षण देखिएको बताउँदै उनको स्वास्थ्य ठिक भएको जनाएको छ। 

सन् २०१३ मा उनी स्पेनिस क्लब बार्सिलोनाबाट वायर्नमा आबद्ध भएका थिए। 

वार्यनले सिजनमा च्याम्पियन्स लिगको उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थिए। वायर्नमा रहदा उनले सात पटक बुन्डेस लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए।

यसअघि सोमबार प्रिमियर लिगका १० जनालाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक गरिएको थियो। 

लिभरपुलले लिग कपमा बिहीबार आर्सनलसँग खेल्नेछ। यस्तै आइतबारसँग लिगमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2020-09-30 14:04:59

प्रतिकृया दिनुहोस्