मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास

रासस

जनकपुरधाम 

एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन्। 

बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन्। अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका छन्।  अस्टे«लियाको लाँ ट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनीयरिङमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत रहेका उनी बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनका क्रममा सो एपको विकास गरेका हुन्। 
  
मैथिली टयुटर नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको छ भने यसबाट मैथिली भाषीलगायत अन्य भाषीसमेत मैथिली भाषा सिक्न सकिनेछ। अभियन्ता झा भन्छन्, 'आफू अस्टे«लियामा अध्ययन गरे पनि मैथिली भाषाप्रतिको अगाध आस्था र पारिवारिक सदस्य एवं समाजको सहयोग एप विकासका लागि उत्प्रेरित गरेको हो।' एपमा मैथिली भाषाको ऐतिहासिकताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सिक्ने सीप र अभ्यासको विकास गरिएको छ।

अभियन्ताका आमा आरती झा अभिनव मैथिलीे भाषाको एप विकासले विश्वभरि पु¥याउनमा सफलता पाएकामा आफू गौरव महसुस गरिरहेको बताउछन्। अडियो, भिडियो, ग्राफिक्स र एनीमेशनको सहयोगले १५ दिनमा विकास गरिएको यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोडगरी मैथिली भाषा सजिलै सिक्नसक्ने बताइएको छ। 

प्रकाशित मिति: : 2020-09-30 14:36:58

प्रतिकृया दिनुहोस्