वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य दम्पतिलाई काेराेना संक्रमण

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य दम्पतिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्।

‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर परीक्षण गरेका थियौं। हामी दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ उनले लेखेका छन्।

तर स्वास्थ्यअवस्था भने सामान्य रहेका आचार्यले बताएका छन्।

‘हाम्रो स्वास्थ्य अवस्था सामान्य छ। हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला,’ उनले लेखेका छन्।

आचार्यले कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-10-06 17:31:36

प्रतिकृया दिनुहोस्