
बिएल संवाददाता
स्वास्थ्य र मेडिकल शिक्षाको समग्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि देश विदेशबाट माग उठिरहेको छ।
यसैबिच पोल्याण्डकी अभियन्ता एडिता स्टेपचाकले डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि माग गरेकी छन्।
आफ्नो देशको स्वास्थ्य सेवा प्रणालीमा आवश्यक सुधार र परिवर्तनका लागि वर्षौदेखि आमरण अनशन बसिरहेका डाक्टर केसीको मागलाई नागरिकले शान्तिपूर्ण दबाब दिएका छन्।
डाक्टर केसीले गरीबहरू सहित सबै नागरिकहरूको पहुँचमा स्वास्थ्य र शिक्षा पुर्याउनुका साथै राजनीतिक प्रभावबाट मुक्त स्वास्थ्य सेवाका लागि लडिरहेका छन्।
यद्यपी सरकारले अझैसम्म डा. गोविन्द केसीसँग वार्ता गर्न इन्कार गरिरहेकको छ। सरकार डाक्टर केसीको स्वास्थ्यमा गम्भीर नहुँदा उनको अवस्था दिनानुदिन गम्भीर हुँदै गइरहेको छ।
यसैबिच उनले एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीका लागि सबैले आ-आफ्नो क्षेत्रबाट ऐक्यवद्धता जनाउन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल अथवा आफूलाई पायक पर्ने जुनसुकै माध्यमबाट पनि विज्ञप्ति जारी गरेर वा स्वःस्फूर्त तरिकाले डाक्टर केसीको जीवन रक्षाका लागि साथ दिन आग्रह गरेका छन्।
लामो समयसम्म प्राध्यापक डाक्टर गोविन्द केसी चिकित्सकको रूपमा महाराजगन्जस्थित शिक्षण अस्पतालमा विताएर पछिल्लो वर्षमात्र उनले अनिवार्य अवकास पाएका हुन्।
त्यसपछि उनले स्वंमसेवा स्वरूप देशका विभिन्न स्थानमा पुगेर सर्वसाधारणको स्वास्थ्योपचार गरे।
मुलुकका कुना कन्दरा चहारे। स्वास्थ्यको पहुँच नपुगेका गाउलेलाई उनले स्वास्थ्य उपचार गरे।
साथै उनले विदेशमा (हाइटी, अफ्रिका, बंगलादेश, मध्य पूर्व आदिलगायत) जहाँ जहाँ मानवीय संकट, प्राकृतिक प्रकोप वा मानव निर्मित द्वन्द्व रहेका ठाउँमा आफ्नै खर्चले भ्याएसम्म आम नागरिकको सेवामा सधै अग्रपंक्तिमा रहेर सेवा गरे।
‘हामी सधैं आफ्नो मात्र चिन्ता गर्छौ अब सबैको चिन्ता गर्ने डाक्टर केसीको साथमा पनि उभिने कि’, उनले विज्ञप्तिमा भनेका छन्।
उनले अब हामी आम नागरिकले हातेमालो गर्दै नेपाल सरकारलाई डाक्टर केसीसँग वार्ताका पहल गराउन र डा. गोविन्दको ज्यान बचाउन दबाब सिर्जना गर्न आग्रह गरेकी छन्।
नराम्रो स्थितिबाट बच्न हामी के गर्न सक्छौं भन्नेबारे विचार सेयर गर्नुका साथै उचित सल्लाह दिनसमेत उनले आग्रह गरेका छन्।
उनले यदि तपाइँसँग केही प्रश्नहरू भए आफूसँगै डा गोविन्द केसीका नजिकका सहयोगीहरू: डाक्टर जीवन क्षेत्री: jiwan.kshetri@gmail.com र मानव अधिकारका वकिल ओमप्रकाश अर्याल: oaryal@gmail.com लाई सम्पर्क गर्न र प्रतिकृया दिन आग्रह गरेका छन्।
डा. गोविन्द केसीको जीवन बचाउन नेपालमा पहल र आन्दोलन भइरहेको भन्दै उनले विदेशमा रहेका उनका शुभ चिन्तकले पनि यसका लागि लागिपर्नुपर्ने बताए। ‘हामी’ भन्नाले मेरो मतलब अमेरिकामा नेपाली प्रवासी र युरोपमा नेपालका विदेशी साथीहरू र म जस्तै पोल्याण्ड वा स्पेनमा रहेका नेपाली पर्यटनको प्रतिनिधि हुने उनले बताए।
उनले यस अभियानलाई अन्तर्राष्ट्रिय तर्फ ध्यानाकर्षण गर्न कोशिस गरिरहेको भन्दै यसले सरकारलाई केही दबाब श्रृजना होस् भन्ने व्यक्ति, संस्था, संगठन, मिडिया आदिमा पुगिसकेको बताए।
‘अन्तर्राष्ट्रिय स्तरमा हामीले सम्पर्क गरेका: मिडिया (लस एन्जलस् टाइम्स, अन्यहरू), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच, डक्टर विदाउट वोर्डर्स, अन्तर्राष्ट्रिय विकास सहयोगका लागि स्पेनिश एजेन्सी, स्पेनको विदेश मन्त्रालय। साथै विभिन्न देशहरूका दूतावासहरू: दिल्लीस्थित स्पेनिस दूतावास, दिल्लीस्थित पोलिश दूतावास, पेरिसमा नेपाली दूतावास, म्याड्रिड र बार्सिलोना (स्पेन) मा नेपाली वाणिज्य दूतावासलगायतमा यसबारे ध्याकर्षण गरेका छौ’, उनले भने।
‘ढिलो हुनुअघि नै डा. गोविन्द केसी र सरकारबीचको गतिरोध तोड्न र मद्दत पुर्याउन सक्ने विचारहरू ल्याउन हामी बौद्धिक र सम्भावनाहरूको अन्वेषण गर्दैछौं। जसमा नोबेल शान्ति पुरस्कारका लागि डा गोविन्दको मनोनयन पेस गर्ने । यस प्रकार हामी मानिस आफैं र उनको त्यो मुद्दाको लागि दृढताका साथ उभिएर अझ बढी अन्तर्राष्ट्रिय रुपमा ध्यानाकर्षण गर्ने आशा गरिरहेका छौं’, उनले भनेका छन्।
उनी एक पत्रकार हुन् जसले नेपाली महिलाको बारेमा एक पुस्तक ‘बुर्कालाई नेपालमा सारी भनिन्छ।’ भन्ने लेखेकी छन्। ५ वर्ष नेपालमा बसेकी उनी हाल पोल्याण्डमा रहे पनि नेपालका विभिन्न परियोजनामा संलग्न छन्। ‘म नेपालको बारेमा गहिरो चासो राख्छु, यो देश जहाँ मैले संसारको अरू कुनै ठाउँभन्दा धेरै आधुनिक समयका नायकहरूलाई भेटेँ , डा. गोविन्द केसी पनि ती मध्ये एक हुनुहुन्छ। नेपाल धेरै भाग्यशाली छ किनकि त्यहाँ सबै संसाधनहरू मध्ये सबैभन्दा महत्वपूर्ण - सक्षम, साहसी, रचनात्मक, समर्पित र निस्वार्थ मानिसहरू छन्,’ उनले भनेकी छन्’, ‘तपाईसँग धेरै आश्चर्यजनक नेताहरू छन्- सामाजिक कार्यकर्ताहरू, डाक्टरहरू, वकिलहरू, कार्यकर्ताहरू ... धेरै सल्लाहकारहरू हेर्न र अनुसरण गर्न मिल्ने। प्रदूषणरहित निष्ठा, अटुट भावना र मानहरू भएका मानिसहरू तपाईंको राष्ट्रिय खजाना हुन्। के उनिहरुप्रति हामी ऋणि छैनौ? आज हाम्रो समर्थन तिनीहरूका बलिदानको लागी निकै योग्य छ।’
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया