बिहिबार, ३१ जुलाई २०२५

वर्ल्ड लिंक र फेसबुकले ७ हजार ५ सय स्थानमा वाईफाई दिने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

वर्ल्ड लिंक र फेसबुकको सहकार्यमा नेपालमा एक्सप्रेस वाईफाई सेवा सुरु भएको छ।

बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलन मार्फत ७ हजार ५ सय स्थानमा वाईफाई दिने सहमाति भएको हो।

फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले प्रयोगकर्तालाई हाई स्पीड इन्टरनेटका लागि एक्सप्रेस वाईफाईले सहयोग पुर्‍याउने बताए। 

यस्तो वाईफाई सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुनेछ।

फेसबुकले यस्तो वाईफाई सेवाको लागि आवश्यक पूर्वाधार सेवा वर्ल्ड लिंकलाई उपलब्ध गराउने छ।

यस्तो वाईफाई सेवा उपलब्ध गराउनको लागि मोबाइल नम्बर राखेपछि कोर्ड प्राप्त हुन्छ र त्यो रजिष्ट्रर गरेपछि वाईफाई सेवा प्रयोग गर्न सकिने छ।

बिहिबार, आश्विन २२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)