आइतबार, २७ जुलाई २०२५

डब्ल्यूएचओको चेतावनी नटेर्दा फ्रान्समा पुनः कोरोना फैलियो

News Image
• • •

पेरिस। फ्रान्समा कोरोना भाइरसको संक्रमण पुनः तीब्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को चेतावनीका बाबजुद खासै ध्यान नदिएको फ्रान्सको राष्ट्रिय स्वास्थ्य संगठनले पहिलो पल्ट देशमा कोरोनाको संक्रमण फैलिएको स्विकार गरेको छ। 

शुक्रबार मात्र यहाँ २४ घण्टाभित्र २० हजारभन्दा बढी संक्रमित फेला परेका थिए। यो दोस्रो लहरको संकेत थियो। गत बिहीबार र सोमबार पनि १८ हजार माथि मानिसहरू संक्रमित भएका थिए। 

डब्ल्यूएचओको चेतावनीलाई खासै महत्व नदिएको फ्रान्सले अहिले सामाजिक दुरीलाई कडाईंका साथ पालना गर्न आदेश दिएको छ। स्वास्थ्य मन्त्रालयले हालै एउटा विज्ञप्ती सार्वजनिक गर्दै केही मानिसहरूको कारण सबैको स्वास्थ्यलाई खतरामा पार्न नसक्ने बताएको छ। 

उसले अहिले गम्भीर अवस्था देखिएको कारण सबैलाई कोरोनाको नियम पालना गर्न आदेश दिएको छ। फ्रान्सको अस्पतालमा अहिले ७ हजार ८ सय ६४ बिरामी भर्ना भएको बताइन्छ। सरकारको टाउको यस कारण पनि दुःःखेको छ, एक सातामै यहाँ २ हजारभन्दा बढी संक्रमित भर्ना हुन पुगेका छन्।

स्वास्थ्य मन्त्री ओलिभर वेरनले सबैसँग अपील गर्दै भनेका छन्, ‘सबैलाई हाम्रो आग्रह छ, तपाईंहरू कोरोना भाइरससँग बाच्न सिक्नुहोस्। हामी जति सावधानी अपनाउन सक्छौं, त्यति नै सुरक्षित हुन्छौं।’

आइतबार, आश्विन २५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!