बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले कांग्रेस एमालेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भइरहेको टिप्पणी गरेका छन्।
रास्वपा रामेछाप उमाकुण्ड-काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले संविधान संशोधनको झुट बोलेर गठबन्धन सरकार भ्रष्टाचारको फाइल लुकाउन केन्द्रीत भएको दाबी गरे।
उनले भने, ‘एक वर्षसम्म संविधान संशोधनको सफेद झूट बोले तर अहिलेसम्ममा त उनीहरू नांगिसकेका छन्। सुशासन कायम गर्छौं भनेर बनेको सरकारको हरेक दिन काण्डै-काण्ड आइरहेको छ।’
उनले आफ्ना सभापति रवि लामिछानेलाई थुन्नु नै अहिलेको गठबन्धन सरकारले सबैभन्दा ठूलो उपलब्धी मानिरहेको र त्यसको परिणाम उनीहरूले चाँडै भोग्ने चेतावनी दिए।
उनले भने, ‘यो सरकारले रवि लामिछानेलाई थुन्नु नै सबैभन्दा ठुलो काम मानेको छ। त्यति हो, त्यसको नतिजा र परिणाम पनि यिनीहरूले भोग्दैछन्।’
उनले लामिछानेमाथि सरकारको प्रतिशोधविरुद्ध २८ लाख नेपालीहरूले हस्ताक्षर गरिसकेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया