
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले कांग्रेस एमालेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भइरहेको टिप्पणी गरेका छन्।
रास्वपा रामेछाप उमाकुण्ड-काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले संविधान संशोधनको झुट बोलेर गठबन्धन सरकार भ्रष्टाचारको फाइल लुकाउन केन्द्रीत भएको दाबी गरे।
उनले भने, ‘एक वर्षसम्म संविधान संशोधनको सफेद झूट बोले तर अहिलेसम्ममा त उनीहरू नांगिसकेका छन्। सुशासन कायम गर्छौं भनेर बनेको सरकारको हरेक दिन काण्डै-काण्ड आइरहेको छ।’
उनले आफ्ना सभापति रवि लामिछानेलाई थुन्नु नै अहिलेको गठबन्धन सरकारले सबैभन्दा ठूलो उपलब्धी मानिरहेको र त्यसको परिणाम उनीहरूले चाँडै भोग्ने चेतावनी दिए।
उनले भने, ‘यो सरकारले रवि लामिछानेलाई थुन्नु नै सबैभन्दा ठुलो काम मानेको छ। त्यति हो, त्यसको नतिजा र परिणाम पनि यिनीहरूले भोग्दैछन्।’
उनले लामिछानेमाथि सरकारको प्रतिशोधविरुद्ध २८ लाख नेपालीहरूले हस्ताक्षर गरिसकेको बताए।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया