भारत सरकारले सागका पदक विजेता खेलाडीलाई अझै दिएन पुरस्कार

गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडीहरुलाई भारत सरकारले घोषणा गरेर पनि अहिलेसम्म पुरस्कार नदिएको नदिएकाेसमाचारहरु प्रकाशित भएका छन्। 

सागमा ३१२ खेलाडीले पदक जितेका थिए। खेलाडी स्वदेश फिर्ता भए लगत्तै खेल मन्त्री किरेण रिजेजुले खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरेकाे थियाे। उक्त पुरस्कारहालसम्म पनि खेलाडीहरुले पाउन सकेका छैनन्। 

मन्त्रालयले घाेषणा गरेकाे पुरस्कार अनुसार झन्डाै ३ करोड ७६ लाख ५० हजार रुपैयाँ खर्च हुने देखिएकाे छ। 

तर बजेट अभावकाे कारण देखाउदै खेलाडीलाई पुरस्कृत नगरिएकाे बताइएकाे छ। यता सरकारी पक्षहरुका अनुसार मन्त्रालयको पुरस्कार योजनामा साग खेलेका खेलाडीहरू समावेश थिएनन्।

तर खेलाडीहरूले नेपाल अघि गुवाहाटीमा आयोजित खेलहरूमा पदक जितेका थिए। स्वर्ण जित्नेलाई तीन लाख, रजत जित्नेलाई दुई र एक लाख कांस्य जित्नेलाई दिने भनिएकाे थियाे।

यद्यपी नेपालबाट साग खेलेर खेलाडीहरु फर्किएपछि खेलमन्त्री रिजेजुले दिल्लीमा सम्मान कार्यक्रम राख्दै स्वर्ण पदक विजेता खेलाडीलाई डेढ लाख, रजतलाई एक लाख र कास्य जित्ने खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेका थिए।

मन्त्री आफैँले पुरस्कार राशी घाेषणा गरेपछि खेल संघ र खेलाडीहरूले मन्त्रालयबाट पुरस्कार बापतकाे रकम पाउने अपेक्षा गरेका थिए।

तर लकडाउन शुरु भयाे। त्यसकाे ६ महिनापछि लकडाउन समाप्त भएपनि मन्त्रालयले पुरस्कार बापतकाे रकम दिएन भने मन्त्रालयले यसबारे खेलाडीलाई जानकारी पनि दिएन।

पछिल्लो समय खेल संघहरुले पुरस्कार दिलाउनका लागि मन्त्रालयमा लबिङ बढाएको छ। यद्यपि मन्त्रालयले जवाफ नदिएको बताइएको छ।

प्रकाशित मिति: : 2020-10-12 14:44:00

प्रतिकृया दिनुहोस्