मतदातासँग बाइडेन भने, ‘ट्रम्पले एक मात्र पाको उमेरको व्यक्तिलाई ख्याल गर्छन्, र त्यो उनी आफै हुन्’

अमेरिकी राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले  मतदातालाई सम्बोधन गरेको छन्। मंगलबार फ्लोरिडाको दक्षिणी क्षेत्रमा रहेको सिनियर सेन्टरका मतदातालाई उनले सम्बोधन गरेका हुन्।  

उनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रपति ट्रम्प गरेको प्रयासलाई कमजोर सावित भएको भन्दै आलोचना गरे।

बाइडेनले भने, ‘राष्ट्रपति ट्रम्पका लागि तपाईँहरु नभए पनि केही हुँदैन। राष्ट्रपतिको नजर अनुसार तपाईँहरुयो संसारबाट बिदा हुन योग्य भइसक्नु भयो। उनी यहाँ पनि आएका थिए। खै सुरक्षका केके मापदण्ड अपनाए त?’

कोरोना भाइरसबाट संक्रमित भइ उपचार गरेर स्वास्थ्यलाभ लिरहेका ट्रम्पले एक दिनअघि फ्लोरिडाको सनफोर्डमा चुनावी सभा गरेका थिए। 

ट्रम्पले हजारौँको सहभागितामा भिडभाडयुक्त चुनावी सभा गरेका थिए। 

ट्रम्पले कोरोना भाइरसबाट पाको उमेरका व्यक्तिमा पर्ने गम्भीर प्रभावलाई खारेज गरी सो समूहका मानिसलाई जोखिममा पारेको आरोप लगाए बाइडेनले।

‘ट्रम्पका लागि तपाईँहरु बलिदानका योग्य हुनुहुन्छ। तर उनका लागि  तपाईंहरु बिर्सन लायक हुनुहुन्छ। तपाईँहरु उनका लागि वास्तवमै केही होइन। उनले त्यसरी हेर्छन् तपाईँहरुलाई,’ बाइडेनले सम्बोधनको क्रममा भने। 

उनले भने, ‘डोनाल्ड ट्रम्पले एक मात्र पाको उमेरको व्यक्तिलाई ख्याल गर्छन् र त्यो उनी आफै हुन्।’

पाको उमेरका व्यक्तिहरुले आफ्ना नातिनातिनालाई भेट्न नपाइरहेका बेला ट्रम्पले रिपब्लिकनहरुले एकअर्कालाई अंकमाल गरी रहेको सुरपस्प्रेडर पार्टी आयोजना गरेकामा पनि ट्रम्पको आलोचना बाइडेनले गरे।

ट्रम्पको सभामा अधिकांशले मास्क समेत लगाएका थिएनन्। उनले आफू ‘इम्यून’ भएको र अब भाइरसले आफूलाई आक्रमण गर्न नसक्ने बताएका थिए। 

यस्तै उनले समर्थकलाई आफू ‘शक्तिशाली’ भएको र अब आफूले अंकमाल गर्ने बताएका थिए। कोरोना भाइरसलाई आफूले पराजित गरेको र सबैले पराजित गर्ने दाबी ट्रम्पले गरेका थिए।

सामाजिक दूरीका सबै नियम पालना गरिएको कार्यक्रममा मंगलबार बाइडेनले फ्लोरिडाको दक्षिणी क्षेत्रमा रहेको सिनियर सेन्टरका मतदातालाई सम्बोधन गरेका हुन्।

ट्रम्प र बाइडेनको चुनावी अभियानमा स्पष्ट अन्तर देखिन्छ। 

आउँदो नोभेम्बर ३ मा हुने चुनावका लागि अति महत्वपूर्ण स्थान मध्य एक हो फ्लोरिडा। राष्ट्रपति चुनाव जित्न चाहिने २७० इलेक्ट्रोल कलेज मतका लागि फ्लोरिडा र ओहायोसहितका ‘ब्याटलग्राउण्ड’ राज्य महत्वपूर्ण रहेका छन्।

सन् २०१६ को चुनावमा ट्रम्पले फ्लोरिडामा साँघुरो मत अन्तरले जितेका थिए।

त्यसका लागि पाको उमेरका मतदाताको मत महत्वपूर्ण सावित भएको थियो। तर पछिल्लो सर्वेक्षणहरुमा पाको उमेरका मतदाताहरु रिपब्लिकनबाट टाढिँदै गएका छन्।

पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन राष्ट्रिय रुपमा ट्रम्प भन्दा दोहोरो अंकले अघि देखिएका छन्। तर केही महत्वपूर्ण राज्यहरुमा अग्रता साँघुरो रहेको छ।

रियल क्लियर पोलिटिक्सले संकलन गरेको औषत अनुसार फ्लोरिडामा बाइडेन ३.७ प्रतिशतले अघि रहेका छन्। 

फ्लोरिडाको पेमब्रोके पाइन्स शहरमा रहेको सिनियर सेन्टरका मतदातालाई सम्बोधन गर्दै बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्।

प्रकाशित मिति: : 2020-10-14 07:27:00

प्रतिकृया दिनुहोस्