बिएल संवाददाता
सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनै पर्ने नियम जारी गरेकाे छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।
विज्ञापन नियमन गर्न बनेको ऐन २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापनमुक्त हुनैपर्ने जनाएकाे छ।
ऐनले नै एक वर्षको तयारी अवधि दिएको र त्यो तयारी अवधि कात्तिक ७ गते सकिने भएकाले कात्तिक ७ गतेपछि सबै विदेशी च्यानल अनिवार्यरुपमा विज्ञापन रहित बनाउन मन्त्रालयले आग्रह गरेको छ।
यता इण्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासङ्घलगायत संस्थाले क्लिन फिडको म्याद थप गर्न पत्र पठाएकोमा पनि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया