बिएल संवाददाता
सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनै पर्ने नियम जारी गरेकाे छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।
विज्ञापन नियमन गर्न बनेको ऐन २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापनमुक्त हुनैपर्ने जनाएकाे छ।
ऐनले नै एक वर्षको तयारी अवधि दिएको र त्यो तयारी अवधि कात्तिक ७ गते सकिने भएकाले कात्तिक ७ गतेपछि सबै विदेशी च्यानल अनिवार्यरुपमा विज्ञापन रहित बनाउन मन्त्रालयले आग्रह गरेको छ।
यता इण्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासङ्घलगायत संस्थाले क्लिन फिडको म्याद थप गर्न पत्र पठाएकोमा पनि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया