बुधबार, ३० जुलाई २०२५

रूसी फोटोग्राफर सर्जे ग्रोशकोभको तस्बिरले जित्यो 'वाइल्डलाइफ फोटोग्राफर अफ द यर २०२०'

एजेन्सी

एजेन्सी

काठमाडाैं
फोटोग्राफर अफ द यर
रूसी फोटोग्राफर सर्जे ग्रोशकोभको तस्बिरले विश्वको सबैभन्दा प्रतिष्ठित फोटोग्राफी पुरस्कार पाएको छ। साइबेरियाको जंगलमा मन्चुरियन फर नामक पुरानो रूखलाई बघिनीले अँगाल्दै गरेको तस्बिर खिचेका ग्रोशकोभले 'वाइल्डलाइफ फोटोग्राफर अफ द यर २०२०' पाएका हुन्।
• • •

लन्डनको नेचुरल हिस्ट्री म्युजियममा भएको एक समारोहमा डचेज अफ क्यामब्रिजले उक्त पुरस्कार दिएको हो।  सर्जेले बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिर सजिलै भने लिएका थिएनन्। 

उनलाई उक्त तस्बिर कैद गर्न ११ महिना लागेको द गार्जियनले जनाएको छ। यसको मतलब उनी ११ महिनासम्म त्यही ठाउँमा बसिरहेका भने होइनन्। उनले सो ठाउँमा आफ्नो क्यामेरा सेटअप गरी छाडेका थिए। 

बाघ तथा अन्य जनावरहरू आएपछि आफैैं खिच्ने गरी सेटिङ मिलाएका थिए। जसबाट उनले एक उत्कृष्ट तस्बिर पाउन सफल भए। 

यो तस्बिर ४९ हजार मध्येबाट छानिएको थियो। तस्बिरमा भएको बघिनी पूर्वी रूसको घना जंगलमा बस्ने अमुर जातको हो। यस्ता खालका बाघ केही संख्या चिनियाँ बोर्डर र उत्तर कोरियाली क्षेत्रमा पनि पाइन्छ।

हेर्नुहोस् थप विजेता तस्बिरहरू

बुधबार, आश्विन २८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!