‘जनताले मलाई जडिबुटी दिए, त्यसबाट आउने नाफा सेवामा लगाएँ’

तस्बिरः बिएल
तस्बिरः बिएल

काेराेनाकाे विश्वव्यापी प्रभाव परेसँगै आम नागरिकका आगनमा समस्याका थुप्रा छन्। संक्रमण बढेसँगै डर र दैनिक खानपिनकाे लगायतका अभाव तथा पीडाले पनि घर आगनमा भ्रमण गरिरहेकाे छ। 

काेराेना घरभित्र पसाेस वा नपासाेस तर समस्या भण्डारमै पुगेका छन्। दशैकाे मुखमा यस्तै अभाव र संकट निम्तिएकाे थियाे गुठीचाैर गाउँपालिकामा। तर जडीबुटी व्यवसायी जनक थकालीले मनग्ये राहत बाडेर अभाव टारेका छन्।

जडीबुटी व्यवसाय गर्ने याे गाउँपालिकाका अधिकांश नागरिकलाई खान लाउनकाे सुविस्ता त थियाे नै त्यसबाहेक अन्य अतिरिक्त आवश्यकता समेत पूरा गर्ने हैसियत राख्दथ्ये। तर यसपाली यी सबै कुरा आकासकाे फल भैदिए। नाफाकाे ठाउँमा केवब समस्या हात लाग्याे।

०००

गुठिचौर -१ स्थित शिवकली रोकायाको परिवारले यो पटक जडीबुटी संकलन गर्न पाएन। संकलित जडिबुटी पनि व्यापारीलाई बेच्न पाइएन। जसले आस गरेकाे प्रतिफल पाउने कुरै भएन।

व्यापारीले खरिद गरेको केही जडिबुटी सहजै रुपमा बजारमा लैजान नपाउदा गाेदाममै थन्किएको छ। यो वर्ष व्यापारी पनि घाटामा छन्। त्यो भन्दा बढि गाउँका स्थानीय संकलक मर्कामा छन्। 

लामो समय देखि कृषि पेशा छाडेर पनि जडिबुटी संकलन तिर लागेको राेकाया परिवारलाई कोरोना भाइरसकाे प्रभाव बढी नै पर्‍याे। 

‘खेती किसानी  गर्ने बेला पाटनमा जडिबुटी कोर्न गयौं,’ शिवकलीले भनिन्, ‘बेच्न्या बेला काेराेना आयाे। त्यतिका मेहनत त्यसै खेर गयाे। दसैंमा  टिका लगाउने सेतो चामल पनि देख्न मुस्किल भइसक्यो।’  

आवरणमा देखिएकाे शिवकलीकाे जस्तै पीडा गुठिचौर १ र २ का झण्डै ९ सय घरपरिवारको साझा हो। जडिबुटीले सहजै रुपमा जीवन धान्न सकिने अवस्था भएकोले गाउँले सबैले कृषिलाई कम प्राथमिकता दिन थाले। जसका कारण संकटका बेला झनै संकट निम्तिएकाे स्थानीय उज्याला रोकायाले बताए।  

गाउँलेलाई दसैं मनाउन समेत समस्या भइरहेको देखेर गाउँ कार्यपालिका सदस्य तथा समाजसेवी थकालीले ९ सय घरपरिवारका लागि दसैं लक्षित राहत सहयाेग दिए। प्रत्येक घरपरिवारलाई २० केजी चामल, एक केजी तेल उपलब्ध गराए। जसले स्थानीयलाई निकै ठुलाे राहतको अनुभुति गरायो।  

‘दसैंमा भगवानकाे रुपमा बाबुलाई भेटायाैं। बाबुकाे  कुभलाे कसैले नचितावस्। बाबुकाे जय होस्,’ शिवकलीले भनिन्, ‘स्थानीय सरकारले अहिलेसम्म राहत दिन सकेको छैन। एक जनाले दसैंमा खुसि ल्याइदिनु भयाे। बाबुले दुःखमा लगाएकाे गुन कहिले विर्षने छैनौं।’

थकालीले झण्डै २३ लाख रुपैयाँ बराबरको राहत व्यक्तिगत रुपमा बाँडे। 

मुख्यत उनी जडिबुटी व्यापारी हुन। त्यसका साथै समाजसेवामा पनि लागेका छन्। सानै देखि मिजासिलो स्वभावका उनले व्यवसायकाे साथसाथै समाजसेवा गर्दै आएका कारण संकटमा परेका गाउँलेका दु:खले उनकाे मन पगाल्याे। 

हालसम्म उनलाई बुझेका, चिनेका गाउँलेहरु भन्छन्, ‘उनको समाजसेवा भित्र न स्वार्थ छ, नत कुनै छलकपट नै। उनी भित्रि मनदेखि नै सहयोगी छन्।’

नेकपाका नेता समेत रहेका उनी गठीचाैर गाउँपालिकाका कार्यपालिकाका सदस्य हुन। उनले त्यहाँबाट आउने हरेक सेवा सुविधा आफूले उपभाेग नगरेर शिक्षामा लगानी गरेका छन्। 

अहिलेसम्म गुठिचौरमा उनी जस्ताे दानी, सहयोगी र समाजसेवी व्यक्ति जन्मन नसकेको स्थानीय बताउँछन्। उनले देखाएकाे सेवा भावनाले समाजसेवा गर्छौं भन्ने नामका मात्र समाजसेवीलाई ठूलो झापड भएको छ। व्यक्तिगत लगानीमा यति ठूलो मात्रामा  राहत वितरण गर्ने थकाली पहिलो व्यक्ति हुन्। 

गुठीचाैर गाउँपालिकाकाे मुख्य आयस्रोत जडिबुटी हो। जडीबुटीकै सिजनमा कोराना आयाे। सरकारले लकडाउन गर्‍याे। नागरिकाले न यार्सागुम्बा टिप्न पाए न त सेतक चिनी खन्न पाए। अरुबेला प्रशस्त कमाउने नागरिकलाई याे वर्षा चाडबाड मान्न पनि धाै धाै भएकाे थकालीले बताए।

उनले भने, ‘म स्थानीय हुँ। गाउँलेले मलाई जडिबुटी दिनुभयो। यहाँसम्म पुर्‍याउने उहाँहरु नै हाे। हरेक कठिनाईमा साथ दिने गाउँले नै हुनुहुन्छ। अब संकटको बेला मैले गर्न सक्ने सहयोग गरे। मैले गर्न खोजको सहयोग स्वीकारीदिनुभयाे म आभारी छु।’

उनले आफूसँग प्रसस्त पैसा भएर नभइ गाउँलेले लगाएकाे गुन संकटकाे बेला तिरेकाे बताए। 

‘यो राहत मैले रुपैयाँ धेरै भएर बाँडेको होइन। मलाई तपाईंहरूले जडीबुटी दिनुभयो। त्यसबाट मुनाफा आएको रकमले हजुरहरूलाई संकटको बेला सानो साथ मात्र दिइएको हुँ। मैले बाँड्ने राहतमा कुनै स्वार्थ छैन,’ राहत वितरण गर्दै गर्दा उनले भने।

उनले जनताले दु:ख भोगिरहेको देख्न नचाहेकाे बताए। ‘दु:ख गरेर कमाएर केही रकम खर्च गरेर गाउँमा खुसी बाँड्न पाउदा दिल हर्सित भएकाे छ। यहाँका दाजुभाई तथा दिदी बहिनीको खुसि नै मेरो खुसि हो। म यसैमा सन्तुष्ट छु। यहाँको आवश्यकता अनुसार समस्या समाधान गर्न थप राहतका प्याकेज ल्याउन पनि तयार छु।’

उनी ह्याड्या(सेतक चिनी) काे व्यापार गर्ने नेपालका दुई जनामा पर्छन्। रामचन्द्र पराजुली र उनी। तर याे वर्ष कोरोनाको कारण कोरेको सेतक चिनीकाे व्यापार राम्राे छैन। तथापि उनले विकल्पमा गाउँमा इटालीयन फुजी स्याउ र ओखर खेति गर्ने तयारी गरिरहेका छन्। गाउँलेले साथ दिए गाउँमै रोजगकारीका अवसर सृजना गर्न तयार रहेकाे उनले बताए।  

उनी अहिले दशैको शुभकामना सहित गाउँमा राहत लिएर पुगेका छन्। गाउँलेहरु आफूले राहत पाएकाे खुसीमा उनलाई फुलमाला, अविर खादा र टिका लगाइदिएर उनलाई रंगिन बनाइदिदैछन्। 

गाउँलेहरुले फूलकाे माला उनेर लगाइदिएपछि उनकाे भावना गाउँलेसँग उसैगरी उनीएकाे छ। त्यसैले नजिकै स्थानीय सरकार भइकन पनि जनताका समस्या नदेख्दा उनी आफैले सरकार भन्दा बढीकाे सहयाेग गर्न तयार भए।

प्रकाशित मिति: : 2020-10-20 14:21:00

प्रतिकृया दिनुहोस्