बेंगलोर सामू काेलकताकाे ८ विकेटकाे लज्जास्पद हार

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बुधबार राति भएकाे खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलेलाई ८ विकेटकाे लज्जास्पद हार दिलाएकाे छ।

कोलकाताले दिएकाे ८५ रनको सामान्य लक्ष्य बेंगलोरले १३ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर पुरा गर्‍याे।

बेंगलोरको जितमा देबदुत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए। पाडिक्कले १७ बलमा ३ चौका प्रहार गरे।

यता फिन्चले २१ बलमा २ चौका प्रहार गरे। 

यस्तै गुर्किरात सिंह २१ रनमा अविजित रहदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे। रक्रित सिंहमानले २६ बलमा ४ चौका प्रहार गरे। कोहलीले १७ बलमा २ चौका प्रहार गरे।

कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो। 

कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए।

त्यस्तै टम बानटनले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

मोहम्मद शिराजले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिए। युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। 

वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए। नवदीप सैनीको नाममा एक विकेट रह्यो।

याेसँगै बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ।

दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ।

यता पराजित कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ।

प्रकाशित मिति: : 2020-10-21 22:44:00

प्रतिकृया दिनुहोस्