बुधबार, ३० जुलाई २०२५

ताप्लेजुङ ढुंगाले लागेर एकको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

ताप्लेजुङ
News Image
• • •

ताप्लेजुङ ढिस्को खस्दा आएको ढुंगाले लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ।

सिरिजंगा गाउँपालिका ७ खेवाङमा ३० वर्षीय दीपक गुरुङको निधन भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसारर सोही ठाउँका वासु गुरुङसँग मिलेर माछा मार्न खोलाको भित्तामा रहेको ढुङ्गो खोस्रिँदा ढिस्को खसेर दीपकको घटनास्थलमै मृत्यु भएको हो। 

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको श्रेष्ठले बताए। घटनाको थप अनुसन्धान भइरहेको छ।

शुक्रबार, कार्तिक ०७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)