रौतहटमा चोकको नाम राख्ने विषयमा झडप, एक दर्जनभन्दा बढी युवक घाइते

रौतहटमा चोकको नाम राख्ने विषयमा दुई वडाका युवाहरुको झडप हुँदा हवाइ फायर गरिएको छ।

गुजरा नगरपालिकाको वडा नम्बर १ र ७ को बीचमा रहेको चोकको नाम राख्ने विषयमा झडप भएपछि प्रहरीले हवाइ फायर गर्नुका साथै एक सेल अश्रुग्यास पनि प्रहार गरेको स्थानियले बताएका छन्। 

रौतहटका प्रहरी प्रमुख एसपी सिद्धविक्रम शाहले घटनामा एक दर्जनभन्दा घाइते भएको बताए।

उनका अनुसार विगत १० वर्षदेखि मनहरा र परसवा गाउँको बीचमा रहेको चोकलाई परसवा चोक भनिँदै आएको छ। मनरहवा गाउँका मानिसहरुले चोकको नाम मनरहवा चोक राख्नुपर्ने बताउँदै आएको उनले बताए।

‘केही दिन अघि परसवा चोकको बोर्ड भत्काएर मनरहवा चोकको बोर्ड राखिएको थियो। तर, सो बोर्डमा कालो पोतिएपछि ११ बजे दुवै गाउँका युवाहरुबीच झडप भएको हो,’ उनले भने।

इलका प्रहरी कार्यालय चन्द्रनिगाहपरका प्रमुख डिएसपी हेमबहादुर शाहीले दुवै गाउँका प्रतिनिधिलाई राखेर मध्यस्तताको प्रयास गरिरहेको जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-25 15:15:00

प्रतिकृया दिनुहोस्