हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले मंगलबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

‘भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ पोजेटिभ देखिएको छ। गतहप्ता दाजुलाई अस्पताल लानेरल्याउने गरेको थिएँ। गत बिहिबार सामान्य टाउको दुख्यो। शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो। शनिबार ढाडको दुखाई महसुस गरेँ। त्यसपछि हिजो पिसिआर टेस्ट भयो। भर्खरमात्र  कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो,’ उनले लेखेका छन्।

सोमबार कोरोना संक्रमण पुष्टि भए पनि आफू अघिल्लो बिहीबारदेखि नै होम आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन्। उनले आफूमा कोरोना संक्रमणको कुनै लक्षण नरहेको बताएका छन्।

‘बिहिबारदेखि नै आईसोलेसनमा छु। बाबू नानीहरुलाई कुनै सिम्टम्स छैन। दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ  । मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र  अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु,’ उनले लेखेका छन्। 

संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि कोरोना जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने भएकोले सचेत रहन उनको आग्रह छ।

‘संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ। आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजिटिभ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ। म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा रविन्द्र समिरको सुझाव, सल्लाह र कोभिड उपचार गाईडलाईनमा छु,’ उनले लेखेका छन्। 

उनले आफूले छिट्टै कोरोनालाई परास्त गर्ने विश्वास लिएका छन्।

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन। त्यसैले मैले यो भाइरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु। तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ’, उनले भनेका छन्।

प्रकाशित मिति: : 2020-10-27 08:29:00

प्रतिकृया दिनुहोस्