गत सोमबार चक्कु प्रहारबाट घाइते भएकी टिभी अभिनेत्री मालवी मल्होत्राले राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्मासँग अपील गर्दै आफूलाई सहयोग गर्न आग्रह गरेकी छिन्।
उनले बलिउडकी दबंग अभिनेत्री कंगना रनौटसँग पनि सहयोगको माग गरेकी छिन्। उनले आफू पनि हिमाचलको मण्डीबाट करिअरको खोजीमा मुम्बई आएको बताउँदै कंगनालाई सहयोग र समर्थन गर्न आग्रह गरेकी हुन्।
कंगना पनि हिमाचलबाट प्रतिनिधित्व गर्छिन। मालवी हाल मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना छिन्। उनलाई सोमबार योगेश नाम गरेको एक व्यक्तिले चक्कु प्रहार गरेका थिए। उनको पेट र हातमा चक्कु लागेको मालवीका आफन्त अतुल पटेलले जानकारी दिए।
हाल उनी खतराबाट मुक्त छिन् भने उनको पेट र हातको सर्जरी गरिने अस्पतालले बताएको छ। उनले कंगनासँग अपील गरिन्, ‘मलाई न्याय दिलाउन सहयोग गर्नुहोस्। म पनि तपाईकै क्षेत्रको मान्छे हुँ।’
उनलाई हमला गर्ने व्यक्तिविरूद्ध प्रहरीमा उजुरी दर्ता भइसकेको छ। सोमबार राती ९ बजे वर्सोवा नजिकै उनीमाथि चक्कु प्रहार भएको थियो। मालवीले हिन्दी, तेलुगु र तमिल भाषामा फिल्म पनि खेलेकी छिन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया