मुकेशको घरमा एक सातादेखि बलेन चुल्हो, श्रीमती सुनिता भन्छिन्, ‘हामीले न्याय पाउनु पर्छ’

तस्बिर : पहिलोपोष्ट

राधेश्याम पटेल

देशभर वडा दशैंको हर्षोल्लास छ। तर, पर्साका एक जना नेकपाका नेताको घरमा एक सातादेखि चुल्हो बलेको छैन। पर्सा विन्वासिनी गाउँपालिका २ बहुअर्वाभाठाका ४० वर्षीय मुकेश चौरसियाको घरमा एक सातादेखि चुल्हो नबलेको हो।

नेकपा पार्टीकै गत बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीमा आयोजना भएको शपथग्रहण कार्यक्रममा पूर्व माओवादी र पूर्व एमाले कार्याकर्ताबीच भएको झडपमा परी मुकेश चौरसिया गम्भीर घाइते भएका थिए। नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि वीरगंजको पानीटंकीमा रहेको एलएस न्यूरो अस्पतालमा गत शुक्रवार बिहान १० बजे उनको मृत्युको खबरले अहिले नेकपा पार्टी नै शोकमा डुबेको छ।

त्यस कारण मुकेशको गाउँघर पनि शोकमा डुबेको छ। दुई पक्षको झडपमा परी पूर्व एमाले समूहका कार्यकर्ताले भाटाले हानी हत्या गरेकोले उनको हत्यामा पूर्व सभासद राजकुमार गुप्ताको संलग्नता रहेको भन्दै पीडित परिवारले आरोप लगाएका छन्। नेकपा पर्साका एउटा समूह उनको हत्यारा पत्ता लगाई आवश्यक कारबाहीको माग गर्दै एक सातादेखि वीरगंजमा धर्ना प्रदर्शनमा जुटेको छ।

यसअघि पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले घटनामा पर्सा क्षेत्र नम्बर ३ बाट प्रथम संविधान सभामा निर्वाचित सविधान सभा सदस्य राजकुमार गुप्ताको उपस्थिति नरहेकोले उनको नाम हटाएर जाहेरी ल्याए मात्र दर्ता गरिने भन्दै जाहेरी दर्ता गर्न इन्कार गरेकी थिइन्। जसको कारण नेकपा पर्साले प्रदेश २ र देश भरी नै आन्दोलन चर्काएको थियो। तर, हाल भने प्रहरीले जाहेरी दर्ता गरेको छ।

प्रकाशित मिति: : 2020-10-29 20:39:00

प्रतिकृया दिनुहोस्