जिल्ला प्रहरी कार्यालय पर्सामा एक थुनावामाथि चरम याताना

जिल्ला प्रहरी कार्यालय पर्साले गएराति एक थुनावालाई चरम याताना दिएको छ। 

वीरगञ्ज महानगरपालिका २७ उदयपुरघुर्मी निवासी ४५ वर्षीय भुलाई यादवलाई चरम याताना दिइएको हो। अहिले उनको नारायणी अस्पतलको इर्मेजेन्सी कक्षामा उपचार भइरहेको छ। 

दुई पक्षको बिच झगडाको बिषयमा परेको उजुरीको आधारमा यादव शुक्रबार जिल्ला प्रहरी कार्यलय पर्सामा हाजिर भएका थिए। 

प्रहरीले हिजो नै छोड्न भन्नेपनि रात परेको भन्दै आज बिहान छोड्न उनका भाई रोशन यादवलाई बोलाएको थियो। 

‘आज बिहान म बुझ्न जाँदा प्रहरीको क्राइम शाखामा दाईलाई हरियो प्लाष्टिकको पाइपले कुटी रहेको देखें। उहाँ त्यही बिहोस् भएपछि प्रहरीले आफैँ उपचारको लागि अस्पताल पुर्‍याएको हो,’ बिएल नेपाली सेवासँग भने।

प्रहरी निगरानीमा अहिले उनको उपचार भइरहेको छ। अस्पतालमा नेपाली कांग्रेसका जिल्ला साभापति अजय दुवेदी लगायत बिभिन्न दलका नेता तथा अगुवाहरु पुगेका छन्।

यस बिषयमा प्रहरी नायव उपरीक्षक मनोजित कुवरले समान्य सोधपुछको लागि उनलाई बोलाएको र उनी पहिलादेखि नै बिरामी रहेको जानकारी दिए। 

‘यादवमाथी कुनै कुटपटिट भएको छैन। उनी पहिल्यैदेखि नै रोगी हुनाले ढलेका हुन्,’ उनले भने।

यता रोशनले भने बिपक्षीसँग मोटो रकम लिइ कुटपिट गर्नका लागि नै राती प्रहरीले नछोडेको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2020-10-31 14:22:00

प्रतिकृया दिनुहोस्