आइतबार, ०३ अगस्ट २०२५

टिकटकले ‘हिट’ बनाएको मानहुँकोट, एकैदिन दश हजार पर्यटक ओइरिएर जाम

सेतोपाटी

सेतोपाटी

काठमाडौँ
News Image
तस्बिर : सेतोपाटी
• • •

प्रशन्न पोखरेल

अचेल टिकटकमा ‘हिट’ छ- मानहुँकोट। 

कुहिरोमाथि टक्क उभिएको मानहुँकोट पुगेर सूर्योदय र सूर्यास्त हेर्न आन्तरिक पर्यटकको ओइरो लागेको छ।

तनहुँको दमौली बजारदेखि एक किलोमिटरअगाडि गएपछि चोकबाट करिब साढे ६ किमी उकालो चढेपछि मानहुँकोट पुगिन्छ।

सूर्योदय हेर्न मानिसहरू बिहान ३ बजेदेखि नै मानहुँकोट यात्रामा निस्कन्छन्। पदयात्रा र सवारी साधनबाट यहाँ पुग्न सकिन्छ।

ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोट करिब तीन सय रोपनीमा फैलिएको खरबारी हो। 

यो लुकेको डाँडामा हिजोआज मानिसको ओइरो लागेको देख्दा स्थानीय बासिन्दा बेदबहादुर राना दंग छन्।

‘यो कुहिरो लाग्ने ठाउँ हो। मानहुँकोटबाट दमौली बजार हेर्दा ड्याम्म कुहिरोले ढाकेको देखिन्छ,’ उनले सेतोपाटीसँग भने, ‘माथिबाट हेर्दा सिरकले ढाकेजस्तो, सिमलको भुवाजस्तो सेत्तामे कुहिरोले नै मन आनन्द बनाउँछ।’

आइतबार, कार्तिक २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)