
बिएल संवाददाता
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मापसे चेकिङलाई बढाएको छ।
कोरोना भाइरसको संक्रमण बढेसँगै सुरु भएको लकडाउन र कम सवारी चल्न थालेपछि ट्राफिकले चेकिङ सुस्ताएको थियो।
तर पछिल्लो समयमा सवारी चाप बढेपछि र तिहार पर्व सुरु भएसँगै मादक पदार्थ सेवनगरी सवारी चलाउनेहरु बढ्न थालेपछि ट्राफिकले चेकिङ बढाएको हो।
नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सुरक्षा व्यवस्था थप कडा पारेको महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भिम ढकालले बताए।
त्यसो त महाशाखाले दशैं, तिहार र छठ पर्वमा हुन सक्ने दुर्घटना तथा ठगी नियन्त्रण गर्न विषेश सुरक्षा योजना नै लागू गरेको छ। त्यसै अन्तर्गत तिहार नजिकिएकाले थप प्रहरी सक्रिय बनाएको एसएसपी ढकालले बताए।
तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्नेछ।
महाशाखाले दशैं तथा तिहार लक्षित सुरक्षामा योजनाको लागि ७ सय ४९ प्रहरीको जनशक्ति थप गरेको छ। त्यस्तै अन्य समयमा हुने चेकिङ प्वाइन्टहरु पनि थप गरिएको एसएसपी ढकालले जानकारी दिए। ट्राफिक प्रहरीले अहिले पनि जोरबिजोर प्रणाली लागू गरे नगरेको सडकमा चेकिङ गरिरहेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया