एसिड बेच्ने व्यापारी पक्राउ

धनुषा प्रहरीले एसिड बेच्ने एक व्यापारीलाई पक्राउ गरेको छ।

पतिले नै पत्नि र छोरीमाथि एसिड प्रहार गरेपछि धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित किराना पसलबाट ५८ बोतल एसिडसहित नागेन्द्र साहलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए।

बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई एसिडसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित माइतीमा रहेकी आफ्नै पत्नि आरती साह र छोरी माथी एसिड प्रहार गरेपछि एसिड प्रहार गर्ने श्रीमान सन्जिव साहलाई नियन्त्रणमा लिएपछि अनुसन्धानको क्रममा एसिड व्यापारी पक्राउ परेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-15 13:40:00

प्रतिकृया दिनुहोस्