मुख्यमन्त्री गुरुङद्वारा नेपाल संवत्को शुभकामना

Breaknlinks
Breaknlinks

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने तथा समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल संवत् ११४१ तथा नेवार समुदायको महान पर्व म्हः पूजाको अवसरमा आज एक शुभकामना सन्देशमार्पmत उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।

शुभकामना सन्देशमा उहाँले चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत्का प्रवर्तक समाज सुधारक शङ्खधर साख्वालाई मानिन्छ भन्दै साख्वाले आफ्नो निजी सम्पतिबाट सर्वसाधारणको ऋण तिरिदिएको र उनीहरुलार्ई ऋण मुक्त गरेको दिनको स्मरणमा नेपाल संवत्को शुरुआत गरिएको उल्लेख गरेका छन्। 

सरकारले नेपाल संवत्का प्रवर्तक साख्वालाई राष्ट्रिय विभूति र नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको बताउँदै उहाँले यस अवसरमा समाज सुधारक एवं नेपाल संवत्का प्रवर्तक साख्वाप्रति उच्च सम्मान प्रकट गरेको सन्देशमा उल्लेख छ।

नेपाल संवत् (नयाँ वर्ष) को पहिलो दिन नेवार समुदायको महान पर्व म्हः पूजा पर्छ। सन्देशमा मुख्यमन्त्री गुरुङले आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार नेवार समुदायले म्हः (आत्म) पूजा गर्ने गरेको परम्परा रहिआएको उल्लेख गरेका छन्। 

लामो समयदेखि हामी कोभिड–१९ को कहरसँग जुधिरहेका छौँ भन्दै उहाँले विश्वव्यापी महामारीका कारण यसपालिका हाम्रा उत्सव तथा चाडपर्वहरु परिवारका सदस्यबाहेक अन्यसँग भेटघाट कम गर्न र सरकारले घोषणा गरेका जनस्वास्थ्यका मापदण्डको पालन गर्न उहाँले सबैमा अनुरोध गरेका छन्।

प्रहरीले दबाब र प्रभावमा नपरी सेवा दिनुपर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीले दबाब र प्रभावमा नपरी जनताको सेवा गर्नुपर्ने बताउनुभएको छ। पैँसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय पार्दी पोखरामा आइतबार आयोजित श्रद्धान्जलि एवं सम्मान कार्यक्रममा उहाँले नेपाल प्रहरीले देश र जनताको सुरक्षामा स्थापनाकालदेखिनै महत्वपूर्ण कार्य गर्दै आएको बताए।

दबाब र प्रभावमा पर्दा जनअपेक्षा अनुसारको सेवा प्रवाह गर्न नसकिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले इमान्दारी र जिम्मेवारीलाई आत्मसात गर्नुपर्नेमा जोड दिए। प्रहरी सेवाको प्रभावकारीताका लागि समय सापेक्ष प्रविधियुक्त बनाउनु पर्नेमा जोड दिँदै उहाँले त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने बताए।

संविधानले व्यवस्था गरेअनुसार गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याइसकेको जानकारी दिँदै उनले आगामी दिनमा प्रदेशमा प्रहरी सेवाको प्रभावकारीता बढने विश्वास व्यक्त गरे। उक्त अवसरमा मुख्यमन्त्री गुरुङले दिवङ्गत अमर प्रहरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै उत्कृष्ट प्रहरी कर्मचारीलाई नगद र सम्मानपत्रसहित सम्मान गरे। 

आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले प्रहरी सेवाको प्रभावकारिताका लागि साधनस्रोत सम्पन्न बनाउँदै प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए। प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरी गठन गर्न लागेको उनले जानकारी दिए। 

गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जिउ धन र अधिकारको रक्षामा अहोरात्र खटिँदै आएको बताए।

 

प्रकाशित मिति: : 2020-11-16 09:06:00

प्रतिकृया दिनुहोस्