मुलुकमा लोकतन्त्रको ल्याएको कांग्रेसमा आन्तरिक लोकतन्त्र छ त ?

Breaknlinks
Breaknlinks

–राजेश राैनियार

मुलुकमा विभिन्न समय कालखण्डमा भएको आन्दोलनमा लाग्दै नेपाली कांग्रसले लोकतन्त्र ल्याएको हो। तर यतिबेला आन्तरिक बिबादको कारण पार्टी भित्र नै नेता कार्यकर्ताहरूले पूर्ण लोकतन्त्रको आभास गर्नसमेत सकिरहेका छैनन्। 

राजतन्त्रको बिरोधमा ४६ सालदेखि ६२ साल हुँदै ६३ सम्म कांग्रेसको अगुवईमा हजारौं युवाहरू लागेर आन्दोलनलाई सफल बनाएका थिए। भन्ने हो भने वास्तवमा कांग्रेसले नै मुलुकमा लोकतन्त्र ल्याएको हो। 

तर पछिलो आन्तरिक कलहले गर्दा पार्टीमा लोकतन्त्र काँहा रहेको छ त? भन्दै सामाजिक संजाल फेसबुकमा कांग्रेस बारा महाधिवेशन प्रतिनिधि राजेश रौनीयारले प्रश्न गरेका छन्।

उनी लेख्छन, ‘कांग्रेसमा नातावाद , कृपावाद अझ नमरुन्जेलसम्म एउटै ब्यक्तिले सधैँ टिकट पाइरहने सामन्तवाद छैन त? हामीले राजा सामन्ति भएर राजतन्त्र फाल्यौँ। तर पार्टीमा समावेशीसहितको लोकतन्त्र कहिले स्थापना गर्ने त? 

१४ औँ महाधिवेशनले युवा र परिवर्तनकारीहरु एक हुनुपर्छ। कांग्रेस एकसे एक दासहरु पनि छन्। दासहरु महाधिवेशन र महासमिति बन्नको लागि मात्र राजनीति गर्छन। तर हामी परिवर्तनको लागि राजनीति गर्छौं।

दुई सिटमा जितेको पार्टी भारतको नेतृत्व गरिरहेको छ। ३१ वर्षका तेजस्वी यादवले जितको नजिक पुगेर हारे । 

लोकतन्त्रमा हार र जित भैरहन्छ। तर परिवर्तनको एजेन्डा बोक्ने नै एक दिन सफल हुन्छ। आऔ साथीहरु अब को महाधिवेशनमा एकपटक युवाहरुको दम देखाऔँ नेतृत्व र नीति परिवर्तन गरौँ। जय नेपाल।
 

प्रकाशित मिति: : 2020-11-17 16:21:00

प्रतिकृया दिनुहोस्