
बिएल संवाददाता
भारतको राजधानी नयाँ दिल्लीमा अब विवाहमा ५० जना मात्र उपस्थित हुन पाउने छन्।
कोरोनाकालमा विवाहमा २ सयको स्थानमा ५० जनालाई मात्र स्विकृति प्रदान गरिएको हो।
राज्य सरकारले राखेको प्रस्तावलाई बुधबार उप–राज्यपाल अनिल बैजलले स्विकृति प्रदान गरेपछि अब दिल्लीमा विवाहमा ५० जना मात्र उपस्थित हुन पाउने भएका हुन्। राज्यको यो नयाँ नियमले बजारमा प्रभाव पर्ने सम्भावना प्रबल छ।
यस वर्ष विवाहको ७ वटा ठूलो शुभ–मुहूर्त नोभेम्बर २५ देखि डिसेम्बरसम्म छ। २५ नोभेम्बरमा देवउठनी एकादशीपछि भारतमा विहेको सिजन सुरु हुन्छ। यसअघि दिल्लीमा बिहेमा २ सय जनालाई समावेश गराउन छुट थियो।
दिल्लीमा यस वर्ष नोभेम्बर–डिसेम्बरको महिनामा मात्र करिब ४ हजार बिहे हुदैछ। वेडिङ प्लानर साइटका अनुसार यस वर्ष बिहेमा मात्र चारदेखि पाँच हजार करोड रुपैयाँ खर्च हुनेछ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया