बिएल संवाददाता
मोरङ प्रहरीले ‘विप्लव’ समूहका एक सैन्य लडाकुलाई हतियारसहित पक्राउ गरेको छ।
उर्लाबारी नगरपालिकाबाट प्रहरीले सैन्य लडाकुलाई पेस्तोलसहित पेम्बा शेर्पालाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।
उनलाई शनिबार राति ७ बजे उर्लाबारी ६ तरुण चौकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, पार्टीको पम्पलेटसहित पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
उनको साथबाट बरामद भएको पेस्तोल अमेरिकान भएकाे बताइन्छ।
शेर्पाको स्थायी घर ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ हाे। उनी विप्लव समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको खड्काकाे भनाइ छ।
मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधि सञ्चालन गरिरहेको उनले जानकारी दिए।
हाल शेर्पाविरुद्ध हातहतियार खरखजाना ऐन अन्र्तगत मुद्दा चलाउन म्याद थप गर्ने प्रहरीले जनाएको छ।
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया