बिएल संवाददाता
मोरङ प्रहरीले ‘विप्लव’ समूहका एक सैन्य लडाकुलाई हतियारसहित पक्राउ गरेको छ।
उर्लाबारी नगरपालिकाबाट प्रहरीले सैन्य लडाकुलाई पेस्तोलसहित पेम्बा शेर्पालाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।
उनलाई शनिबार राति ७ बजे उर्लाबारी ६ तरुण चौकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, पार्टीको पम्पलेटसहित पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
उनको साथबाट बरामद भएको पेस्तोल अमेरिकान भएकाे बताइन्छ।
शेर्पाको स्थायी घर ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ हाे। उनी विप्लव समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको खड्काकाे भनाइ छ।
मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधि सञ्चालन गरिरहेको उनले जानकारी दिए।
हाल शेर्पाविरुद्ध हातहतियार खरखजाना ऐन अन्र्तगत मुद्दा चलाउन म्याद थप गर्ने प्रहरीले जनाएको छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया