कोरोना दोहोरिनु दुर्लभ हो, संक्रमित भएकाले फेरि पिसिआर गर्नै पर्दैन(भिडिओ)

सेतोपाटी

काठमाडाैं

एक पटक कोरोना भाइरस लागिसकेपछि शरीरमा भाइरससँग लड्ने एन्टिबडी बनेको हुन्छ।

केही अनुसन्धानले एन्टिबडी केही समयमा घटेर जान्छ भनेको छन्। तर शरीरको रोगसँग लड्ने सिस्टममा एक किसिमको तालिम प्राप्त सेल्सहरू शरीरको विभिन्न स्थानमा सञ्चित भएर बसेका हुन्छन्।

भाइरसले अर्को पटक आक्रमण गर्‍यो भने ती सेल सक्रिय भएर भाइरसलाई आक्रमण गर्न जान्छन् र उनीहरूले एन्टिबडी बनाउँछन्। त्यसैले एक पटक संक्रमण भइसकेपछि फेरि संक्रमण हुने सम्भावना असाध्यै कम हुन्छ।

एक पटक कोरोना संक्रमण भएको व्यक्तिलाई दोहोरिने सम्भावना कति हुन्छ?, दोहोर्‍याएर पिसिआर गर्नुपर्छ कि पर्दैन? नेपालमा खोपको उपलब्धता कहिलेसम्म होला? सिटी भ्यालु थोरै र धेरै हुनुले के अर्थ राख्छलगायतका विषयमा केन्द्रीत रहेर ह्याम्स अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग हामीले भिडिओ कुराकानी गरेका छौं।

प्रकाशित मिति: : 2020-11-23 00:02:00

प्रतिकृया दिनुहोस्