बुधबार, ३० जुलाई २०२५

जहाँका नेताको प्रोफाइल गरिबी निवारणमा गरेको योगदानबाट बन्छ

News Image
फाइल तस्बिर
• • •

चेतनाथ आचार्य

थुप्रै नेपाली पत्रकार, राजनीतिक नेता, सामाजिक अभियन्तालगायत शुभचिन्तकले चीनले अवलम्बन गरेको गरिबी निवारणबारे लेख लेख्न सुझाव दिने गरेका छन्। यसभन्दा अगाडि पनि गरिबी निवारणमा केन्द्रित भएर विभिन्न सञ्चारमाध्यममा दर्जनौं लेख लेखिसकेको छु। यस आलेखमा चाहिँ म आफैंले चीनका विभिन्न प्रान्तमा गएर गरिबी निवारण कार्यक्रम अवलोकन गरेको अनुभव छोटकरीमा राख्न चाहन्छु।

चीनको गरिबी निवारण अभियानका कुरा एउटा लेखमा अटाउने कुरा त परै छाड्दिऊँ, ५ सय पृष्ठको किताबमा पनि समेट्न सम्भव छैन। किनभने चीनले गरिबी निवारणमा विश्वमै अभूतपूर्व सफलता प्राप्त गरिरहेको छ। पछिल्लो समय विश्वमा गरिबी निवारणमा चीनले मात्र ७० प्रतिशत योगदान गरेपछि यसको स्वरूप अध्ययन गर्न विश्वका अर्थशास्त्री चीनमा आएका छन्।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा काम गर्ने सिलसिलामा म चीनमा बसेको ७ वर्ष बितिसकेको छ। पछिल्लो ५ वर्षमा चीनका विभिन्न पाँचवटा प्रान्तमा पुगेर गरिबी निवारणको स्थलगत अध्ययन गरेको छु। जसको सारांश यहाँ प्रस्तुत गर्दै छु।

मैले प्रत्यक्ष अवलोकन गरेका प्रान्तमध्ये फुचियान एउटा चीनको दक्षिणी क्षेत्रमा पर्छ भने बाँकी सबै युन्नान, सिचुवान, कान्सु र तिब्बत पश्चिममा पर्छन्। फुचियानबाहेक तुलनात्मक रूपमा पछिल्ला ४ प्रान्त चीनका गरिब प्रान्त मानिन्छन्।

सोमबार, मंसिर ०८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)