कहाँ अड्कियो ट्याक्सीको नयाँ मापदण्ड?

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- यातायात व्यवस्था विभागले 'मिटर जडित ट्याक्सीको नयाँ मापदण्ड' कार्यान्वयनका लागि पठाएको एक वर्ष पनि हालसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन। विभागले २०७६ मंसिर ६ मा यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुनासहित देशभरका सबै यातायात व्यवस्था कार्याललाई परिपत्र गर्दै नयाँ मापदण्ड कार्यान्वयन गराउन भनेको थियो। तर हालसम्म कुनै पनि कार्यालयले ट्याक्सी मापदण्ड कार्यान्वयन गरेका छैनन्।

सबैभन्दा धेरै ट्याक्सी दर्ता हुने बागमती प्रदेशमा ट्याक्सी दर्ता नै रोकिएको छ। अन्य प्रदेशमा समेत ट्याक्सी दर्ता पुरानै मापदण्ड कायम राख्ने वा विभागले परिमार्जित गरेको मापदण्ड कार्यान्वयन गर्ने भन्ने निर्णय गरेका छैनन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २०७६ भदौ ३० गतेको सहमति र विभागको मंसिर २ गतेको निर्णयअनुसार मिटर जडित ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयनका लागि पठाइएको थियो।

विभागले सबै यातायात कार्यालयलाई गरेको पत्रमा भनिएको छ, ‘अब आइन्दा नेपाल सरकारबाट नयाँ ट्याक्सी थप गर्ने निर्णय भएमा र विभिन्न प्रक्रियाबाट सट्टापट्टा भई दर्ता हुने ट्याक्सीमा सोही मापदण्ड लागू गर्ने व्यवस्थाका लागि मंसिर ३ को निर्णय अनुसार अनुरोध छ।’

प्रकाशित मिति: : 2020-11-25 10:18:00

प्रतिकृया दिनुहोस्