रहेनन् महान् अर्जेन्टिनी फुटबलर म्याराडोना

बिएल संवाददाता

काठमाडाै‌ं

महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ। ६० वर्षीय पूर्व अट्याकिङ मिडफिल्डर म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको हो।

गत अक्टुबर ३० मा ६० वर्षमा प्रवेश गरेका म्याराडोनाको ब्रेनमा रगत जमेको थियो। 

दुई साताअघि मात्र उपचारकाे लागि अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्सस्थित ओलिभोस क्लिनिकमा उनलाई भर्ना गरिएको थियो। 

Diego Maradona Wallpapers HD | Best Football Player Photos | Legend | Diego  maradona, World cup, Wall stickers black and white

त्यसपछि म्याराडोनाकाे मस्तिष्कको शल्यक्रिया गरिएको थियो। 

त्यसपछि केही कमजाेर भएका उनी एक साता अस्पतालमै रहेर आराम गरेर घर फर्किएका थिए। 

म्याराडोनाले मेक्सिकोको दोस्रो श्रेणी क्लब पनि सम्हालेका थिए। तर २०१९ जुनमा डोराडोसको प्रशिक्षकबाट उनले राजीनामा दिए। उनले स्वास्थ्यका कारण आफूले प्रशिक्षकबाट ९ महिनामै राजीनामा गर्नु परेको बताएका थिए।

Gianfranco Zola and Diego Maradona at Napoli: the student and the mentor

त्यसपछ‍ि सर्वकालिन महान् खेलाडीकाे परिचय बनाएका म्याराडाेना अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा फर्किए।

उनकाे प्रशिक्षणमा अन्तिम खेल ३० अक्टोवरमा खेलेकाे थियाे प्लाटाले। जसमा प्लाटाले प्यात्रोनाटोविरुद्ध ३–० को जित हात पारेकाे थियाे। उक्त खेलमा उनले आफूलाई अस्वस्थ महसुस गर्दै टचलाईन छाडेका थिए।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए। उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए। 

म्याराडोनाले ६०औं जन्म दिनसमेत आइसोलेसनमा मनाएका थिए। उनलाई पाेर्चुगलका क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए।

Napoli and Maradona, a before and after story | MARCA in English

उनले अर्जेन्टिनाबाट चार वटा विश्वकप खेलेका थिए।

सन् १९८६ मा अर्जेन्टिनालाई आफ्नो एकल प्रदर्शनमा विश्वकपको उपाधि दिलाएका थिए म्याराडोनाले। 

मेक्सिकोमा भएको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध २-१ को जित निकाल्दै अर्जेन्टिना फाइनलमा पुगेकाे थियाे।

उक्त खेलमा म्यारोडोना नायक बनेका थिए। दुबै गोल गरेका थिए उनले। 

इंग्ल्याण्डविरूद्ध हातले हानेको गोल ‘ह्याण्ड अफ गड’ तथा ६ विपक्षीलाई छलाएर गरेको गोल ‘सेन्चुरीको उत्कृष्ट गोल’ निकै चर्चामा छ।

Diego Maradona: The genius who drove Argentina to World Cup glory -  Football News -

फाइनलमा वेस्ट जर्मनीलाई ३-२ ले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेकाे थियाे। 

पहिलो गोल टाटा ब्राउनले हेडद्धारा गरे। उनलाई फाइनलमा पासारेलाको स्थानमा उतारिएको थियो। तर, ८० मिनेटमै खेलले कोल्टे फेर्यो। बलियाे टाेलीका रुपमा हेरिएकाे जर्मनी २ गोल फर्काउन सफल भयो।

तर, जर्जे बुरुचागाले खेल सकिन ६ मिनेट बाँकी हुँदा गाेल गर्दै उपाधि दिलाएका थिए।

करिअरको अन्त्यतिर भने ड्रग्सको उनी कुलतमा फसे। उनी कोकिन सेवन गर्ने गर्थे। लागूऔषध प्रयोगकै कारण उनी पटक पटक जेलसमेत परे। तर, कहिल्यै चेतेनन्।

म्यारोडोनाले पहिलो पटक इटालीमा सम्पन्न १९९० को विश्वकप फाइनलमा टीमको नेतृत्व गरेका थिए। तर, ड्रग परीक्षणमा असफल भएपछि उनलाई घर फर्काइएको थियो।

त्यसकाे एक वर्षपछि १९९१ मा परीक्षणमा पोजेटिभ देखिएपछि १५ महिना प्रतिबन्धमा परेका थिए। 

म्यारोडोना लागूऔषध दुर्व्यसनबाट मुक्त हुनका लागि रिह्याब सेन्टरमासमेत बसेका थिए। क्युवामा ४ वर्ष रहँदा क्युवाली राष्ट्रपति फिडेल क्यास्ट्रोसँग निकै नजिक भएका उनलाई त्यहाँका नागरिकहरुले निकै सम्मान गर्थे।

Argentina's soccer superstar Diego Maradona of Boca Juniors with his...  News Photo - Getty Images

अर्जेन्टिनोस जुनियर्सबाट व्यवसायिक फुटबलको सुरुवात गरेका उनले युरोपका ठूला क्लब बार्सिलोना, नापोली र सेभियासमेत खेल्ने अवसर प्राप्त गरे।

उनले १९८१ देखि ८२ सम्म भने बोका जुनियर्सबाट खेलेका थिए। त्यसपछि उनी क्याटलान कल्ब बार्सिलोना आएका थिए। उनले सन् २०८२ देखि ८४ सम्म बार्सिलोनाका लागि ३६ खेलमा २२ गोल गरे।

यस्तै १९८४ मा उनी इटालियन क्लब नापोली गए। १९९१ सम्म खेलेका उनले नापोलीका लागि १८८ खेलमा ८१ गोल गरे।

नापोलीबाट सेभिया गएका उनले त्यहाँ एक सिजन बिताएका थिए। सेभियामा उनले २६ खेलमा ५ गोल गरेका थिए।

त्यसपछि म्यारोडोनाले अमेरिकामा सम्पन्न १९९४ को विश्वकपमा पनि अर्जेन्टिनाको नेतृत्व गरे। तर अर्जेन्टिना सफल हुन सकेन।

Diego Maradona - Wikiwand

१९९६ अर्जेन्टिनाले विश्वकपको उपाधि जित्दा म्यारोडोनाले कप्तानी गरेका थिए। उनको एकल प्रदर्शन प्रेरणामा अर्जेन्टिनाले उपाधि उचालेको थियो।

उनले क्लब फुटबलको अन्त्य १९९७ मा बोका जुनियर्सबाट गरेका थिए।

त्यसलगत्तै स्वास्थ्यकाे समस्या देखाउँदै व्यवसायिक फुटबलबाट सन्यास लिएका थिए। त्याे दिन बोका जुनियर्सबाट ३७औं जन्मोत्सव मनाइरहेका थिए।

म्यारोडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका छन्। 

How adulation and organised crime transformed Diego Maradona from soul of  Naples to a drug-addled outcast | The Independent | The Independent

यद्यपी म्याराडोनाले २००८ मा राष्ट्रिय टीमको प्रशिक्षण समेत सम्हाले। उनी सन् २०१० को विश्वकपमा अर्जेन्टिनाको प्रशिक्षक समेत थिए।

क्वाटरफाइनलमा जर्मनीसँग ४–० गाेलअन्तरकाे लज्जास्पद हार व्यहाेरेपछि अर्जेन्टिना विश्वकपबाट बाहिरियाे। त्यसपछि उनले आफू प्रशिक्षककाे रुपमा सक्षम नरहेकाे भन्दै राजिनामा दिए।

 

प्रकाशित मिति: : 2020-11-25 22:24:00

प्रतिकृया दिनुहोस्