‘पत्रिकामा नाम छापियो, त्यो पनि अशुद्ध’

‘पत्रिकामा नाम छापियो, त्यो पनि अशुद्ध’

म पहिलेदेखि भन्दै आइरहेको छु, सानै उमेरदेखि मेरो झुकाव व्यावसायिक फुटबलमा थियो। फुच्चे हँदा जुन टोलीले महत्व दिएर बालाउने गर्दथ्यो, सोही टोलीमा म समावेश हुने गर्दथे। मेरो परिवार कहिलेकाहिँ म बाहिर गएर खेलेको फिटिक्क रुचाउँदैनथ्यो। त्यतिबेला म रुन्थेँ, निकै रुन्थें...खेल सुरु हुन पाँच मिनेटअघि मेरी आमा ला टोटाले मौन स्वीकृति दिने गर्दथिन् किनभने बुवा डन डिएगोको चित्त बुझाउन निकै गाह्रो थियो। 

डन डिएगोको अस्वीकृति म बुझ्न सक्छु, निश्चय नै! त्यतिबेलाको उनको निर्णय मैले राम्रोसित नबुझे अरू कसले बुझ्न सक्छ। उनी हामी आठजना छोराछोरीलाई शिक्षा र पेटभरि खाना उपलब्ध गर्न रातदिन काममा व्यस्त हुन्थे र उनको एउटै उद्देश्य थियो, हामी सबैलाई पढाउने। यसैकारण ५५ वर्षको उमेरमा उनले कोरिएन्तेस छोड्ने निर्णय लिएका थिए भने हामी फियोरितोमा बस्न थालेका थियौं। 

विशेष अवसरमा कहिलेकाहिँ मेरो बुवा आफूले मिहिनेत गरेर कमाएको अमूल्य पैसा जम्मा गरेर मेरो लागि फुटबल खेल्ने जुत्ता किने ल्याउँथे। म दंग पर्थे र नयाँ जुत्ता लगाएर दिनभरि फुटबल खेल्थें। 

मेरो बुवासित हामी छोराछोरीसँग बोल्ने निश्चित समय थिएन। उनी कडा परिश्रम गर्थे। त्यसैले थोरै समय पनि उनको लागि थकाइ मार्न पर्याप्त थियो। उनी बिहान चार बजे उठेर फ्याक्ट्रीमा मजदुरी गर्न हिँड्थे। किनभने पूरै घर उनमा निहित थियो। उनले कमाएर ल्याएको दिन हामी बिहान र बेलुकाको छाक टार्ने गर्दथ्यों नत्र भने सबै भोकै सुत्नुपर्दथ्यो। 

विगतलाई फर्किएर हेर्दा म के भन्न सक्छु भने डन डिएगो महान् छन्। मैले मेरो जीवनमै उनीजस्तो महान् व्यक्ति भेटेको छैन। उनीबाट सधैं मैले अनुकरणीय काम गर्ने प्रेरणा पाइरहेको छ। वास्तवमा अहिले म जे छु र जसरी एउा सरल र सालीन जीवन बिताइरहेको छु, यसको पछाडि मेरो बाबु र आमा दुवैको हात छ। त्यसैले म यिनीहरूको आर्शीवादका लागि ठूलो परित्याग गर्न सक्छु। 

कहिलेकाहिँ बाल्यकालको सम्झनाले मलाई व्याकुल बनाउँछ र म आफ्नो बाबुप्रति ज्यादै कृतज्ञ हुन्छु किनभने विपत्तिको त्यो दुरवस्थामा पनि मले एक दिन भोको महसुस गरिन। उनकै कारण मेरो खुट्टा अहिलेसम्म बलियो छ। 

बाल्यकालमा हामी घरनजिकै रहेको एउटा खाली जग्गामा अभ्यास गर्दथ्यौं। त्यो ठाउँको स्थानीय नाम थियो, सेभेन लिटल पिचेस (सिते कान्चितास)। 

सिते कान्चितास अहिले देशकै सुविधायुक्त फुुटबल मैदानको रूपमा स्थापित भइसकेको छ। तर, बाल्यकालमा यहाँ अभ्यास गर्दा एउटा घाँस थिएन–उजाड, फोहोर र बालवाले भरिएको मैदान। र, पनि हाम्रो लागि यो कुनै स्वर्गभन्दा कम थिएन। जब हामी दौडन सुरु गर्दथ्यौं, फोहो उडेको हेरेर लाग्दथ्यो, विम्बलेमा कुहिरोले ढाकेको मैदानमा हामीहरू अभ्यासमा व्यस्त छौं। 

यहाँको एउटा मैदानमा अभ्यास गर्दथ्यो इस्ट्रेला रोजा (रड स्टार) टोली। यो मेरो बुवाको टोली थियो। यस्तै मैदानको अर्को भागमा अभ्यास गर्दथ्यो–ट्रेस वान्डेरास (थ्रि फ्ल्याग) टोली। यो टोली थियो, गोयो कारिजो (म्याराडोनाको फुच्चेको फुटबल साथी) को पिताको। 

अचम्मको कुरा त के भने इस्ट्रेला रोजा र ड्रेस वान्डेरास बोका जुनियर्स र रिभरप्लेटजस्तै एकअर्काका प्रमुख प्रतिद्धन्द्धी क्लब थिए। मलाई सुरुदेखि नै गोयोको एउटै व्यवहाले आकर्षित पारेको थियो। ऊ शान्त र सरल स्वभावको थियो। उसमा दम्भ थिएन। हामी एकअर्काको कट्टर टोलीबाट खेल्ने गर्दथ्यौं तर पनि उसको व्यवहारले म आकर्षित थिए। 

एक दिन स्कुलबाट घर फर्किदै गर्दा उसे बाटोमा मलाई प्रस्ताव राख्यो–‘ऐ डिएगो! म अर्जेन्टिनोस जुनियर्समा अभ्यास गर्न शनिबार जाँदैछु। र, उनीहरूले मलाई अभ्यासका लागि इच्छुक कोही साथीहरू छन् भने तिनीहरूाई पनि सँगै ल्याउन आग्रह गरेका छन्–‘तिमी मसित जान चाहन्छौं?’

सम्भवतः गोयोले १९६९ को मध्यतिर मलाई आग्रह गरेको हुनुपर्छ। त्यतिखेर मेरो उमेर थियो, नौ वर्ष। 

‘म भन्न सक्दिन। मैले मेरो बवासित स्वीकृति लिनुपर्छ’ मेरो सोझो र सटिक उत्तर थियो। वास्तवमा त्यतिखेरको कटु सत्यता के थियो भने मैले मेरो बुवासित अर्जेन्टिनोस जुनियर्सबाट अभ्यास गर्ने स्वीकृति लिनु भनेको उनको टाउकोमाथि आर्थिक भार थप्नु थियो किनभने मलाई राम्रैसित थाहा थियो म अभ्यासमा जानु भनेको मैले मेरो बाबुलाई जीवनभर कडा परिश्रमतर्फ धकेल्नु हो। यसले मलाई हतोत्साही पारेको थियो। 

तर, मैले आफ्नो बाबुबाट सकारात्मक उत्तर पाएँ र गोयोले मलाई अभ्यास सत्रमा लिएर गए। यहाँ अर्जेन्टिनोस जुनियर्सको जुनियर टोली लस सिवोलितासबाट खेलने मौका पाएँ। गोयोले अर्जेन्टिनोस जुनियसका प्रशिक्षक फ्रान्सिस कार्नेजोलाई मेरो परिचय दिँदा मसित उमेर प्रमाणित गर्ने परिचयपत्र पनि थिएन। 

साँचो अर्थमा मैले यहाँ फुटबल कला सिकें। सुरुको दिनमा फिरितोमा हुँदा मेरो काम खालि फुटबलको पछाडि दौडने मात्र थियो। तर, यहाँ मैले एउटा फुटबल खेलाडीमा हुनुपर्ने गुण सिक्ने मौका पाएँ। मलाई स्मरण छ, सिवोलितासबाट खेल्दा हाममीले लगातार एक सय ३६ वटा खेल पराजयबिना नै जितेका थियौं। यो महान् उपलब्धि थियो।

हाम्रो अपराजित यात्रा नाभारोले तोडेको थियो। यो कीर्तिमान तोडिनमा पनि रमाइलो कहानी छ–हाममीलाई अरू ठाउँमा गएर पनि खेल्नुपर्ने थियो। 

सिबोलितासमा हुँदा सुरुको एउटा घटना रोचक थियो। जसलाई अहिले पनि सम्झँदा म रोमाञ्चित हुने गर्दछु। अवश्मरणीय रात थियो त्यो। सिवोलितासबाट खेल्ने मौका पाएपछि मैले गोयोलाई आफ्नो घरमा रातिको भोजन गर्ने निम्तो दिएको थिएँ। उनी आए पनि। 

गोयो मेरो हितैसी भएको हुँदा उनको स्वागतमा मेरी आमाले भोजनाको विशेष प्रबन्ध गरेकी थिइन्। उनले मलाई बाहिरबाट सोडा ल्याउन अह्राइन्। गोयो र म दौडीदौडी बजारतिर लम्कियौं। तर, फर्किने बेला बाटैमा ठस लागेर म नराम्रोसित बजारिएँ। बोतल मेरो हातमै फुट्यो। धन्न भाग्य बलियो रहेछ। शरीरको अरू भागमा त्यति ठूलो चोट लागेन। तर, सोडाको बोतल बोकेको हात भने काटियो। 

भोलिपल्ट हामीलाई प्रतियोगिता खेल्न जानुपर्ने थियो। बिहान उठेर म अरू केटाहरूसितै डन याओको पुरानो ट्रक चढेर खेल स्थलतर्फ  लागें। मेरो दिमागमा विभिन्न कुरा खेलिरहेको थियो। 

प्रशिक्षक फ्रान्सिसले खेल खेलाउने हुन् कि होइनन् र उनको लामो भाषण सुन्नपर्ने भयो भन्ने आदी इत्यादि कुराले सम्भवतः मेरो मन कुटुकुटु खाइरहेको थियो। 

प्रशिक्षकको नाताले फ्रान्सिसलाई सबैले इज्जत त गर्थे नै तर उनको हक्किपनका कारण सबैजना थुरथुर पनि हुन्थे। नभन्दै, ड्रेसिङरुममा फ्रान्सिसले मलाई बोलाए र आफ्नो चिरपरिचित शैलीमा सोधे, ‘के भयो तिम्रो हातलाई?’ मैले हराउँदै उत्तर दिएँ, ‘हिजो राति लडेर हात काटेको थियो, डन फ्रान्सिस। तर, म खेन सक्षम छ।’

‘के? ल भैगो! तिमी यो अवस्थामा मैदान छिर्न पाउनेछैनौं’, उनको उत्तर सुनेपछि म फरक्क फर्किएँ र लुगा फेरेर बेञ्चमा थचक्क थच्किएँ। मेरो वेदाना बाहिर अरू कसले थाहा नपाओस् भनेर मैले ओठ टोकें। गोयोका बाबुले यो कुरा महसुस गरिरहेका रहेछन् र उनी जुरुक्क उठे र फ्रान्सिस बसेतर्फ लम्किए। 

‘छोडिदेउ फ्रान्सिस, उसलाई खेल्न देउ, केही समउको लागि भए पनि। उनको बाबुले पनि उनी खेल्न सक्षम भएको बताएका छन्’, फ्रान्सिस एकछिन अप्ठेरोमा परे र केही छिन विचार गरेपछि उनले ‘ठिकै छ, तर केही समयका लागिमात्र।’

फ्रान्सिसका यो निर्णय सुनेको मात्र के थिएँ, मेरो आत्मा मेरो शरीरमा फर्कियो। मैले त्यो खेल केही समय मात्र खेलिन, पूरै मिनेट खेलें। हामीले त्यो खेल ७–१ ले जित्यौं र मैले पाँच गोल गरें। 

त्यसको भोलिपल्ट २८ सेप्टेम्बर मंगलबारको दिन ‘क्लारिन’ भन्ने पत्रिकामा मेो खेलको तारिफ गर्दै एउटा लेख प्रकासित भएको रहेछ। त्यो लेखमा ‘सुपरस्टार बन्ने सम्भावना बोकेको एउटा खेलाडीको जन्म भएको छ।’ भनेर मेरो बारेमा उल्लेख गरिएको थियो। तर, त्यस पत्रिकामा मेरो नाम ‘क्याराडोना’ भनेर प्रकासित भएको थियो। वास्तवमै रोचक थयो, त्यो लेख। रमाइलो’ पहिलोपल्ट कुनै पत्रिकामा मैले आफूलाई पाएँ। (हा...हा...हा) तर मैे आफ्नो नाम अशुद्ध पढें। 

(म्याराडोनाको जीवनी ‘म म्याराडोना हुँ’ बाट) 

यो पनि 

बौद्धमार्गी बाजियो 

म्याराडोनाको त्यो चर्चित हाते गोल 

जसले फुटबल खेल्न सिनेमा हल अगाडि चना बेचे

प्रकाशित मिति: Aug 11, 2020 17:51:16

प्रतिक्रिया दिनुहोस

सबै