नेपाल-भारत सचिव स्तरीय वार्ता: आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणका विषयमा छलफल

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ।

एक वर्षपछि भएको दुई देशका सचिवको औपचारिक कुराकानी केहीबेर सकिएको हो।

बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा ११ सदस्य रहेको भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन्।

वार्तापछि सञ्चारकर्मीहरुलाई बैठकमा नेपाल–भारत सम्बन्धका सबै विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिए।

उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विगषयमा छलफल भएको बताए। आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए।
 
सचिव पौड्याल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन्।

प्रकाशित मिति: : 2020-11-26 17:17:00

प्रतिकृया दिनुहोस्