अमेरिकामा लुक्न छोडे नेपाली, २०१९ मा लुक्नेको संख्या ६७४ मात्रै  !

अमेरिकामा आएर यतै हराउने नेपालीको संख्या दिनानुदिन घट्दो छ। गत वर्ष भिजिटर भिसामा अमेरिका आएकामध्ये यतै हराउनेको संख्या ६७४ मात्रै देखिएपछि यो तथ्य सार्वजनिक भएको हो। 

 
अमेरिकी सरकारको तथ्यांकअनुसार आर्थिक वर्ष २०१९मा २७ हजार ९६ नेपाली अमेरिका आएका थिए। तीमध्ये बाँकि सबै निर्धारित समयमा फर्किएका थिए भने नौ सय १६ जना ओभरस्टे भएका थिए। नौसय १६ मध्ये पनि दुई सय ४२ जना केही दिनपछि फर्केका थिए भने ६ सय ७४ जना भने अमेरिकामै हराएका थिए।
 
यो संख्यालाई प्रतिशतमा लैजाँदा ३.३८ प्रतिशत मात्र हो । यसको अर्थ भिजिटर भिसामा अमेरिका आएका नेपालीमध्ये चारजना पनि अमेरिकामा लुक्न छोडेका छन्। 
 
आर्थिक वर्ष २०२० मा त यो संख्या अरू ओरालो लाग्ने छ। किनकि, यो वर्ष कोरोना कहरका कारण नेपालबाट अमेरिकातिर निस्कन मात्र हैन, निस्किहाले अमेरिका पस्न पनि सम्भव थिएन। चुनावी वर्ष भएकाले राष्ट्रपति ट्रम्पले यसै पनि आप्रवासीका लागि कार्यकारी आदेशका अनेकौ चुकुल कसेका थिए। 
 
केही वर्षअघिसम्म खासगरी राष्ट्रपति ट्रम्पको कार्यकाल सुरू हुनुअघिसम्म अमेरिका भ्रमणमा आएका धेरै नेपाली यतै हराउथें । आप्रवासीमैत्री रहेको त्यतिबेलाको अमेरिकामा उनीहरू आफ्नो भविष्य पनि शायद देख्थे। तर, बितेका चार वर्ष 'अमेरिका फस्ट' नीतिका कारण यो मुलुक आप्रवासीमैत्री रहेन र उनीहरू नेपाल नै फर्के। 
 
अमेरिकामा आएर यतै हराउने नेपालीको संख्या दिनानुदिन घट्दो छ। गत वर्ष भिजिटर भिसामा अमेरिका आएकामध्ये यतै हराउनेको संख्या ६७४ मात्रै पाइएको छ। प्रतिशतमा लैजाँदा यो संख्या ३.३८ प्रतिशत मात्र हो । यसको अर्थ भिजिटर भिसामा अमेरिका आएका नेपालीमध्ये चारजना पनि अमेरिकामा लुक्न छोडेका छन्।
 
चार वर्षे ट्रम्पेरिकाबाट अमेरिका फेरि अमेरिकाकै लयमा फर्कने दिशामा छ। सन् २०२१ को जनवरी २० देखि पुरानै लयमा फर्किने अमेरिका आप्रवासीमैत्री हुने अपेक्षा गरिन्छ। यद्यपि, अमेरिका ट्रम्पेरिकाको ह्याङओभरबाट त्यति छिटै र सजिलै मुक्त हुने अवस्थामा छैन। ट्रम्पले छरेको विभाजनको विष सुक्न केही समय लाग्नेछ। 
 
अमेरिकामा धेरै नेपाली नलुकेको सुखद फल अमेरिका भ्रमणमा आउन चाहने नेपालीले पाएका छन्। यही कारण अमेरिका आउने नेपालीले भिसा स्विकृतिका लागि धरौटी राख्नुपर्ने अवस्था छैन। कतिपय देशका नागरिकले अहिले अमेरिकाको भिसा लिन हजारौ डलर धरौटी राख्नुपर्ने भएको छ। ती देशबाट भिजिटर भिसामा अमेरिका आएका धेरैजसो यतै लुकेका कारण उनीहरू धरौटिको मारमा परेका हुन्। 
 
धन्य छन्, भिजिटर भिसामा अमेरिका आएर नलुकेका नेपालीहरू जो ओभरस्टे नबसेर नेपालीलाई हजारौ डलर धरौटी राख्नुपर्ने अवस्थाबाट जोगाइ दिए। त्यति मात्र हैन, नेपाली अमेरिकामा कम लुक्ने राष्ट्रियतामा दर्ज भयो त्यसले देशको प्रतिष्ठा पनि एक हदसम्म अभिवृद्ध भयो। अमेरिकामा रहेका नेपालीले सगौरव भन्न सक्ने भए, हामी अमेरिकामा कम लुक्ने देशबाट आएका हौं। 
प्रकाशित मिति: : 2020-11-27 08:42:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ