
बिएल संवाददाता
काठमाडौंमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।
विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए । 'राति मौसम सफा भए बिहानको तापक्रम घट्छ, राति बादल लागे बिहानको तापक्रम बढ्छ', मौसमविद् पौडेलले भने । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । अबको केही दिन देशभरको मौसम सफा भइ घाम लाग्ने बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया