तेजन खड्का
मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ। नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिँदै आएको छ। मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले नब्याई दूध दिन थालेको हो। ४ बर्ष उमेरको सो बाछीले साढे २ बर्ष अघिबाट नियमित दूध दिँदै आएको छ।
आफैले पालेको होलस्टेन जातको गाईबाट ब्याएको सो बाछीले बिहानबेलुकी गरेर नियमित ५ लिटर दुध दिँदै आएको छ। होलस्टेनको बिउँबाट लोकल गाईसँग क्रस गराएर नश्ल सुधारगरि जन्मिएको सो बाछी ८ महिना कै उमेरमा अस्वभाविक गतिविधि देखाउन थालेको गाईपालक किसान देवीप्रसाद लामिछानेले बताए।

उनले सानै उमेरमा बाछी कराउन थालेपछि आफूले पशु चिकित्सकलाई बोलाउँदा गर्भधारण गराउने उमेर नपुगेको चिकित्सकले सल्लाह दिएको लामिछानेले दिए।
त्यसको केहि समयपछि गाई सिकिस्त बिरामी परेको र सो समयमा उपचार गराउँदा केहि औषधि खुवाएको लामिछानेले बताए। औषधि खुवाएको केहि दिनपछि बाछी दूध दिने लक्षण देखिन थालेको ७९ वर्षीय किसान लामिछानेको भनाई छ। गोठमा रहेको माउ गाईसँगै कोरली बाछीले समेत नियमित दुध दिन थालेपछि घरमा हुने खपतभन्दा बढी भएको दूध लामिछाने परिवारले छर–छिमेकमा बिक्री गर्दै आएका छन्।

शुरु शुरुमा कोरली बाछीले दूध दिन थालेको थाहा पाएका छरछिमेकले अचम्म मानेको देवीप्रसादकी श्रीमती नरमाया लामिछानेले बताइन्। गाई बिरामी हुँदा जुकाको औषधि खुवाएको र त्यसको केहि दिनपछि बाछीले दुध दिने लक्षण देखिन थालेको उनले जानकारी दिए। गाई र बाछीको उपचार गर्दै आएका उर्लाबारीका चिकित्सले बाछी दुहन सल्लाह दिएयता नियमितरूपले दुहुदै आएको नरमायाको भनाई छ।

कोरली बाछीले दूध दिइरहेको थाहा पाएका केहि व्यक्ति घरमै आएर बाछी किन्न मागेको नरमायाले बताए। प्रकृतिमा अचम्मका रूपमा हेरिने यस प्रकारका अनेकौ घटना हुने गरेको छ। हार्मोनको गडबडीका कारण सो गाईले दुध दिएको हुनसक्ने जानकार बताउँछन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया