
सेतोपाटी
लकडाउन सुरू भएपछि घरबाटै काम गर्दै गर्दा जेठको पहिलो साता एकदिन सहकर्मीको इमेल आयो।
बीमा कम्पनीहरूले कोरोनासम्बन्धी बीमा जारी गर्न सुरू गरेका रहेछन्। हामीले बीमा गर्ने गरेको बीमा कम्पनीले पनि 'राम्रो पोलिसी छ, सबै कर्मचारीको बीमा गराउनुस्' भनेको रहेछ।
पोलिसी वास्तवमा नै आकर्षक रहेछ। सामूहिक बीमाका लागि प्रति व्यक्ति ६०० रूपैयाँ प्रिमियम बुझाउँदा एक लाख रूपैयाँको बीमा हुने र कोरोना संक्रमण भएको पुष्टि गर्ने पिसिआर रिपोर्ट बुझाउनासाथ तुरुन्तै रकम पाइने!
हामीले सम्पूर्ण कर्मचारीका लागि सामूहिक पोलिसी खरिद गर्यौं। मैले मेरो परिवारका अन्य सदस्यका लागि पनि छुट्टै पालिसी खरिद गरेँ।
असोज तेस्रो साता मलाई कोरोना संक्रमण भयो। संक्रमण मुक्त भएपछि बीमा दाबीका लागि मेरो पिसिआर रिपोर्ट सहकर्मीमार्फत बीमा कम्पनीमा पठाएँ। बीमा कम्पनीले बीमा दाबीका लागि कागज पुगेन भन्ने जवाफ दिएछ। म होम आइसोलेसन बसेको प्रमाणित हुने वडा कार्यालयको सिफारिस पत्र पनि चाहिन्छ भनेछ।
मेरो सहकर्मीका श्रीमानलाई मलाईभन्दा केही समयअघि कोरोना संक्रमण भएको थियो। उनले बीमा दाबी गर्दा त अझ नेगेटिभ पिसिआर रिपोर्ट पनि चाहिन्छ भनेको रहेछ।
बीमा गराएपछि बीमा पोलिसी (करार) मा पहिला खासै ध्यान दिएको थिइनँ। बीमा कम्पनीबाट यस्तो जवाफ आएपछि भने करारपत्र राम्रोसँग हेरेँ।
त्यसमा 'भुक्तानी पाउने अवस्था'को शर्त यस्तो छ- 'यो बीमालेख कायम रहेको अवधिमा या बीमालेखा परिभाषित कोरोना भाइरस रोगको पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा तालिकामा उल्लेख भए बमोजिमको बीमांक रकम बीमकले भुक्तानी दिनेछ।'
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया