आइतबार, २७ जुलाई २०२५

युरोपियन युनियनले कालोसूचीबाट हटाउने संकेत दियाे: मन्त्री भट्टराई

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत दिएको दावी गरेका छन्। 

नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले पछिल्ले पटक सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको उनको भनाइ छ । 

ईयूले सन २०१३ को डिसेम्बर देखि नेपालको हवाई उड्यनलाई कालो सूचीमा राखेको थियो ।

युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालोसूचीमा राखेको कारण नेपालका कुनैपनि विमान युरोपमा उडान गर्न पाउँदैनन् । 

यसबाट अन्य देशका गन्तव्यमा जान समेत स्वीकृतिका लागि समस्या हुँदै आएको छ । 

सोमबार, मंसिर २२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)