बिएल संवाददाता
ऊर्जामन्त्री दिपक खड्काले २४सै घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरूले पूरा गर्न नसकेको गुनासो गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए।
उनले भने, ‘२४सै घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ। तर यसमा दबाब ,चुनौतीहरू छन्। हामीलाई आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेको छ।’
त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरू देखिएको भन्दै चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्ने बताए।
उनले भने, ‘चुनौतीहरू त हरेक क्षेत्रमा देखिएका छन्। यो क्षेत्रमा पनि छ। तर हामी चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्छ।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया