संसद अधिवेशन बोलाएर प्रधानमन्त्री र राष्ट्रपतिमाथि महाअभियोग लगाऔँ: भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् ।

उनले ट्वीट गरेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने बताएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘ महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक/वक्तब्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोग तर्फ लाग्ने हो?’

ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि चौतर्फी विरोध भइरहेको छ । सत्ताधारी नेकपा र विपक्षी कांग्रेसहितका दलले अध्यादेश ल्याउने ओली तथा त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति भण्डारीको आलोचना गरिरहेका छन् ।
 

प्रकाशित मिति: : 2020-12-16 08:24:00

प्रतिकृया दिनुहोस्