
बिएल संवाददाता
बाँकेको नेपालगञ्ज र कोहलपुरमा संसद विघटनको विरोध गर्दै प्रदर्शन गरिएको छ ।
नेकपाका आन्तरिक विवाद चलिरहेका बेला संसद विघटन भएपछि नेकपा कै कार्यकर्ता सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा सहभागी नेकपा कै कार्यकर्ताले ओलीको पुत्ला जलाएका थिए ।
कोहलपुरमा आइतबार साँझ नेकपा सवंद्ध जनवर्गाीय संगठनहरुको आयोजनामा गरिएको विरोध सभामा प्रधानमन्त्री ओली र राष्टपति विद्यादेवि भण्डारीको चर्को विरोध गरिएको हो ।
उनीहरुले असंवैधानिक संसद विघटन खारेजको समेत माग गरेका छन् । प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले ‘संघीय लोकतान्त्रिक रक्षा गरौं, संसद विघटनको असंवैधानिक निर्णय खारेज गर, प्रतिगमनको नायिके केपी ओली मुद्रावाद’को नारा लगाएका थिए ।
विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य राजेन्द्र वलीले केपी ओलीको असंवैधानिक संसद विघटन कडा प्रतिवाद गरिने बताए ।
उनका अनुसार अब ओलीको आन्दोलन कै बलबाट सत्ताच्युत हुन्छन्। विरोध सभामा पूर्वराज्यमन्त्री दलबहादुर सुनार लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
प्रदर्शनमा नेकपा निकट भातृ संगठन नेता कार्यकर्ताहरुको उपस्थित रहेको छ । संसद विघटनको विरोधमा नेपालगञ्जमासमेत विरोध प्रदर्शन भएको थियो ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया