केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ओलीले गरे महाधिवेशन आयोजक समिति घोषणा

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन्।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा उनले त्यसमा १९७ जना पछि थप गर्ने निर्णय सुनाए।

बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै नेताहरुलाई कारबाही गर्ने तयारी गरिएकाे पनि जनाइएकाे छ।

प्रकाशित मिति: : 2020-12-22 11:38:00

प्रतिकृया दिनुहोस्