बुधबार, ३० जुलाई २०२५

भारतमा पसिना बगाउँदा सास्ती, स्वदेशमा धूप बनाउँदा मस्ती

थाहा खबर

थाहा खबर

डडेल्धुरा
News Image
• • •

प्रकाश पार्की

यहाँका अधिकांश युवाहरू बेरोजगार छन्। ती बेरोजगार युवाहरूको रोजीरोटी भारतमा गएर चल्ने गर्दछ। युवाहरू रोजगारीको सिलसिलामा भारत जान थालेपछि यहाँका बस्तीहरूमा वृद्धवृद्धा तथा बालबालिकाहरू मात्रै हुन्छन्।

एसइइ दिएर यहाँका युवाहरू रोजगारीको खोजिमा भारततिर हानिन्छन्। दशैंतिहारका बेलामात्रै घर फर्किने गर्छन्‌। विदेशमा सीप स्वदेश आएर सदुपयोग गदैनन्। तर, कतिपय युवाहरू यस्ता पनि छन्-जसले विदेशमा सिकेको सीप आफ्नै देशमा प्रयोग गरिरहेका छन्। आफूजस्तै धेरै युवाहरूलाई रोजगारीसमेत दिइरहेका छन्। यसैको एक गतिलो उदाहरण हुन् : डडेल्धुराको अजयमेरू गाउँपालिका–३ गुनपालका भानबहादुर मल्ल।​

मल्ल २०६१ सालमा रोजगारीका लागि भारत गएका थिए। परिवार पाल्न र गाउँमा घर चलाउन भारत पसेका उनी १५ वर्ष बसेपछि घर फर्किएका छन्। उनी गत वर्ष मात्रै स्वदेश फर्किएका छन्। भारतमा छँदा उनी मोटरसाइकलको कम्पनीमा काम गर्थे। मोटरसाइकलसँगै उनले त्यहाँ छँदा गब्यधूपबनाउन पनि सिके।

शनिबार, पौष ११, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)