राखेप बोर्ड सदस्य केसीले दिए पदबाट राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य अर्जुन केसीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

 केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चालेको कदम गलत भएको उल्लेख गर्दै पदबाट राजीनामा दिएका हुन्।

उनले युवा तथा खेलकुद मन्त्रीलाई सम्बोधन गर्दै सोमबार राजीनामा पत्र बुझाएका हुन्।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट लागू भएपछि गठन भएको राखेप बोर्डमा केसी नेकपाबाट सदस्यमा नियुक्त भएका थिए ।

‘नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानलाई समेत असफल पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमविरुद्व सिंगो देश आन्दोलनमा रहेका बेला अवैधानिक सत्ताको पक्षमा रहेर उसका हत्कण्डाको रमिते बन्नु उचित रहेन,’ केसीले राजीनामामा लेखेका छन्, ‘अत: राष्ट्रिय खेलकुद परिषदमा सदस्यको रुपमा मेरो दोस्रो कार्यकाल यहीँ पूर्णविराम लगाई आफूलाई देश र जनताको आन्दोलनमा समर्पण गर्दै आजैको मितिदेखि लागू हुनगरी पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’
 

प्रकाशित मिति: : 2020-12-29 17:29:00

प्रतिकृया दिनुहोस्