लुइस हेमिल्टनलाई ‘सर’ को उपाधि

बेलायतको फमूला–वानका ड्राइभर लुइस हेमिल्टनको नाम अगाडि अब ‘सर’ को उपाधि लाग्ने भएको छ। 

उनलाई बेलायती महारानी एलिजाबेथले सर्वोच्च नागरिक सम्मान नाइटहुडबाट सम्मानित गरेकी छिन्। 

यो सम्मान पाउने व्यक्तिले मात्र आफ्नो नाम अगाडि ‘सर’ उपाधि राख्न पाउँछन्। हेमिल्टनले यसअघि बेलायतको स्पोर्टस पर्सनालिटी अवार्ड, लरेन्स विश्वको उत्कृष्ट खेलाडीको अवार्ड, जिक्यु गेम चेन्जर अफ दि इयरको अवार्ड जितिसकेका थिए। 

हेमिल्टन यो उपाधि पाउने छैटौं फर्मुला ड्राइभर हुन्। यसअघि स्टर्लिङ मस, फ्रयाङ्क विलियम्स, ज्याक स्टिवर्ट, ज्याक बोथम र प्याट्रिक हेड सम्मानित भइसकेका छन्।
 
हेमिल्टनले यसवर्ष लगातार चौथो फर्मुला–वान विश्व च्याम्पियनसिप जितेका थिए। उनले जर्मनीका महान ड्राइभर माइकल सुमाकरको ७ वटा फर्मुला–वान विश्व च्याम्पियनसिप जित्ने कीर्तिमानलाई बराबरी गरेका थिए। 

हेमिल्टनले २००८–२०१४–२०१५–२०१७–२०१८–२०१९–२०२० मा उपाधि जितेका थिए।
 

प्रकाशित मिति: : 2020-12-31 16:51:00

प्रतिकृया दिनुहोस्