कुसुम गौतम
ढुङ्गा हानेर फूलको अपेक्षा राखेर आयौ।
भत्काई किनार पुलको अपेक्षा राखेर आयौ।
पग्लिएर नरित्तिने अटल हिमाल हुँ म
मुठ्ठीमा भर्ने धुलको अपेक्षा राखेर आयौ
मुर्खताले पनि पराकाष्ठा नाघिसकेछ कि!!
घोच्दा नदुख्ने शूलको अपेक्षा राखेर आयौ
रित्तिसके ती वेदनाहरू तिमीले दिएका
कि त!! आँसुका मूलको अपेक्षा राखेर आयौ
‘एउटा भ्रममात्र हो क्षितिज’ भन्ने तिमीले
मिलनका बिगुलको अपेक्षा राखेर आयौ।।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया